अमिना र सनरेजले पुर्‍याए पोखरेटोलमा खानेपानी

अमिना र सनरेजले पुर्‍याए पोखरेटोलमा खानेपानी

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती पोखरेटोलका बासिन्दा यतिबेला दंग छन्। खानेपानीका लागि पधे‌रा खोल्सा खोज्दै घन्टौं धाउनुपर्ने सकस अब सकिएको छ। अमिना कलेक्सन जापान र सनरेज हेन्डिक्राफ्टको सहकार्यमा सम्पन्‍न आयोजनापछि खानेपानीको सकस सकिएको हो। करिब ३.६ किलोमिटर टाढा रहेको धुसिने खोला मुहानबाट पोखरेटोलमा खानेपानी लगिएको छ। पहिले यो क्षेत्रका बासिन्दा खानेपानी लिन डेढघन्टा जति हिड्नुपर्थ्यो।  

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर गिरीले खानेपानीको धारा घर आँगनमा आएपछि धेरै सहज भएको बताए। उनले भने, 'अब खानेपानीको सकस सकिएको  छ।' इन्द्रावती गाउँपालिका-२ का ५० घर परिवार खानेपानीबाट लाभान्वित भएका छन् ।जापानी संस्था  अमिना कलेक्शन र सनरेज हेन्डक्राफ्टबीच सहकार्य बढेपछि खानेपानीमा सघाउने सपना पनि साकार भएको सनरेज हेन्डि क्राफ्टका निर्देशक प्रकाश घिमिरेले बताए।अमिना कलेक्शनले नेपाली महिलाको हस्तकलाको प्रवर्द्धनमा सघाउँदै आएको छ। यो संस्थाले नेपालमा सनरेज हेन्डि क्राफ्टसँग सहकार्य गर्दै आएको छ।

दुवै संस्थाको सहकार्यमा करिब १० लाख लागतमा ६ वटा धारा र एउटा ठूलो ट्याङ्की निर्माण भएको हो । जापानको सिनेरो र सनरेज हेन्डि क्राफ्टले भूकम्प प्रभावितहरुको पुनरस्थापनाका लागि काम गर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.