सुशीला कार्कीको उपन्यास 'कारा' बजारमा
काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको उपन्यास ‘कारा’ सार्वजनिक भएको छ। लेखकले ‘कारा’लाई बन्धनको कथाको रुपमा अर्थ्याएकी छन्।
बेकसुरदारलाई कसुरदार बनाउने व्यवस्थामा केही निरिह महिलाहरुले भोगेको लामो बन्धन र यातनाको गाथा हो कारामा समेटिएको छ। कार्कीले आफैं जेल बस्दा र वकालत गर्दाका अनुभुतिलाई पनि समेटेर कथा बनाएकी छन्।
न्यायाधीश छँदा देखेका, भोगेका महिलाका पीडा उनको उपन्यासमा प्रतिविम्बित छन्। यसअघि कार्कीको ‘न्याय’ नामको आत्मकथा प्रकाशित छ।