गुडविभमा नयाँ कार्य समिति

गुडविभमा नयाँ कार्य समिति

काठमाडौं : नेपालको गलैंचा उद्योगलाई बाल श्रममुक्त बनाउने अभियानमा सक्रिय नेपाल गुडविभ फाउण्डेसनको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । गलैंचा उद्यमी समिकविक्रम शाहको नेतृत्वमा रहेको उक्त कार्यसमितिमा उपाध्यक्ष युवराज विद्रोही, महासचिव किरण थापा, कोषाध्यक्ष दावा शेर्पालाई चयन गरेको छ । यस्तै सदस्यमा लिलाधर भण्डारी, कृष्णेश्वरी हाडा, बलराम गुरुङ, धनबहादुर तामाङ चयन भएका छन् ।

प्रत्येक दुई वर्षमा आयोजना हुने साधारण सभामा ४ जना गलैंचा क्षेत्रका व्यवसायी र ४ जना बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि चयन हुने व्यवस्था संस्थाको विधानअनुसार पदाधिकारी र सदस्य चयन गरिएको हो । एकजना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने व्यवस्था रहेको छ ।

नेपालमा गलैंचा कारखानामा बाल श्रममुक्त बनाउने अभियानअन्तर्गत व्यवसायी र गैरसरकारी संस्थाका प्रतिनिधिको साझा प्रतिनिधित्व हुने गरी गुडविभको कार्यक्रम सञ्चालनमा रहँदै आएको छ । प्रदेश सांसद रामबहादुर गुरुङले उद्घाटन गरेका अधिवेशनमा गलैंचा उद्योगी, बालअधिकारसँग सम्बन्धित संस्थाका प्रतिनिधि, बालबालिका, सरकारी निकायलगायतका प्रतिनिधिले बाल श्रमरहित गलैंचा उत्पादन र गलैचा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा बालअधिकारकर्मी बिनोद कार्कीले बाल श्रम अन्त्यका लागि आगामी दिनमा नयाँ कार्यदिशा सहित कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्ण प्रसाद भुषाल, कागेश्वरी मनोहराका मेयर र प्रदेश सभाका सांसद गुरुङले सरकारले बाल श्रम अन्त्यका लागि योजनासहित कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए ।

निवर्तमान अध्यक्ष सपुतबहादुर कार्कीले नेपालको कार्पेट क्षेत्रलाई बाल श्रममुक्त बनाउनका लागि गुडविभले महत्वपूर्ण भूमिका निभाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.