दोलखाका प्रजिअ रिजाल निलम्बित

दोलखाका प्रजिअ रिजाल निलम्बित

दोलखा : अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मंगलबारको सिफारिसअनुसार गृह मन्त्रालयले निलम्बन गरेको हो।

अभियुक्तसँग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशित समाचारमाथि आयोगबाट अनुसन्धान भइरहेको र रिजाल पदमा बहाल रहिरहदा आफ्नो विरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए । 

कालिञ्चोक गाउँपालिका १, कालिञ्चोकका तामाङ बाबुछोरासँग मंसिर १७ गते ३५ हजार र मेलुङ गाउँपालिका ४, भेड्पुका कुमार लामा मोक्तानसँग मंसिर १८ गते ९ हजार गरी कुल १ लाख २५ हजार घुस लिएका थिए।

कालिञ्चोक गाउँपालिका १, कालिञ्चोकका उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सार्वजनिक सुरक्षा मुद्दामा आवश्यक अनुसन्धान पछि प्रहरीले मंसिर १७ गते मंगलबार प्रशासनमा मुद्दा बुझाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.