मार्मामा पहिलो पटक जीप पुग्दा स्थानीयमा खुशियाली
दार्चुला : जिल्लाको मार्मा गाउँपालिका–१ मा जीप पुग्दा स्थानीयमा खुशी छाएको छ। मंगलबार मार्मा गाउँपालिका–१ जुडे भन्ने स्थानमा पहिलो पटक म १ ज २१८ नम्बरको सुपर चमेलीया यातायातको जीप पुग्दा र्मामाका स्थानीयमा खुशी छाएको हो।
जीप चालक दिलेन्द्र सिह धामीलाई स्थानीयहरुले जुडेमा भव्य स्वागत गरेका छन्। मार्मा गाउँपालिका–१ का वडा सचिव गौर सिंह महराले जीप चालकलाई फुलमाला अबिर लगाएर स्वागत गरेका हुन्।
मार्मा गाउँपालिकाको सेलबिसामा यसअघि जीप सञ्चालनमा आएको थियो। नियमित जीप सञ्चालन भए त्यहाँका स्थानीयहरुलाई आवत जावत गर्न सहज हुने मार्माका स्थानीय मदन धामीले बताए। उनले भने ‘नातीका पालामा पनि सडक सञ्जालमा जोडिन्छ कि जोडिदैन भन्ने सोच थियो झन्डै दैला अगाडी जीप आएको देख्दा हाम्रा पनि दुःखका दिन गएकी जस्तो भएको छ।’
बिहान सबैरै घरायसी समानको लागी गोकुलेश्वर बजार जानुपथ्र्यो घर फर्किँदा अबेर हुन्थ्यो सामान ओसारपसार गर्न निकै झमेला हुने गरेकोमा मंगलबारदेखि मार्माका स्थानीयका दुःखका दिन गएको मार्माका अर्का स्थानीय पुष्कर ठगुन्नाले बताए।