जन्तीमा आएका युवक नहरमा मृत भेटिए
महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिकास्थित महाकाली सिँचाइको नहरमा एक युवक मृत भेटिएका छन्। कृष्णपुर नगरपालिका-२ बाणीका १९ वर्षीया सन्तोष पन्त मृत भेटिएका हुन्।
बिहीबार बिहान सिँचाइको नहरमा डुबेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।पन्त बुधबार जन्तीमा आएका थिए।
उनको मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
८