दराजको मेला सुरु

दराजको मेला सुरु

काठमाडौं : चिनियाँ अनलाइन सपिङ प्लेटफर्म अलिबाबाको सहायक कम्पनी दराजको किनमेल मेला सुरु भएको छ। मेला २६ मंसिरदेखि २ पुससम्म सञ्चालनमा आउनेछ। 'दराज १२.१२' नामक उक्त मेलामा नेपाली र विदेशी ब्रान्डका वस्तुमा ६० प्रतिशतसम्म छुट दिइएको छ।

सोही अवसरमा मेगा डिल, क्रेजी भौचरजस्ता उपहार योजना सञ्चालन गर्ने दराजले जनाएको छ । सोही अवसरमा 'मिसन १२.१२' र 'वान रुपी गेम' जस्ता रमाइला खेलमा ग्राहकले भाग लिन पाउने र थुप्रै उपहार प्राप्त गर्ने बताइएको छ । उपभोक्ताले दराजका पार्टनर बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर अनलाइन भुक्तानी गर्दा थप २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तो छुट भने १ हजार ५ सय रुपैयाँसम्म पाइनेछ ।

अलिबाबाले नोभेम्बर ११ लाई लक्ष्य गरी ‘११.११’ किनमेल मेला सञ्चालन गर्दै आएको थियो । अलिबाबाले दराजको स्वामित्व किनेपछि नेपालमा पनि दराज प्लेटफममार्फत यस्तो मेला सञ्चालन गर्न थालियो । अहिले दराजले मध्ये-डिसेम्बरमा नयाँ किनमेल मेला सुरु गर्न लागेको हो । 'दराज ११.११' मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताको उपस्थिति थियो' दराजको वक्तव्यमा भनिएको छ, 'जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो ।' 

यो वर्षको ११.११ मा ३ हजारभन्दा बढी विक्रेता र ५० हजारभन्दा बढी उपभोक्ता थिए । सोही मेलामा दराजले २४ सहरमा डेढलाखभन्दा बढी सामानको व्यापार गरेको थियो । 'दराज ११.११' र 'ब्ल्याक-फ्राइडे' को सफलतापछि विक्रेताका लागि 'सुपर नोवेम्बर' हुन पुगेको दराज नेपालका प्रबन्ध-निर्देशक लिनो अलरिङले बताए । उनले '११.११' को फाइदा उठाउन नपाउनेलाई समेट्न थप नयाँ डिल लिएर आएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.