मुद्दा जित्यो हाँसको बथानले

मुद्दा जित्यो हाँसको बथानले

फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। कृषक डोमिनिक डाउथका पाँच दर्जन हाँसका पक्षमा अदालतले फैसला गरेको हो।  

पाइरेनेस हिम शृंखलाको काखमा रहेको डाक्स नगरमा डोमिनिकले हाँस पालेकी छिन्। एक वर्षअघि राजधानी पेरिसनिवासी एक जना धनाढ्यले डोमिनिकको घरनजिकै अलिकति जमिन किनेका थिए। किसानका हाँस कराएर बसिटिक्न नसकेको भन्दै ती धनाढ्यले अदालतमा मुद्दा हालेका थिए। उनका वकिलले अदालतमा हाँसहरूको आवाजले आफ्नो पक्षको मान्छेको दिनचर्या नै बिथोलिदिएको बताएका थिए। ‘हाँसको क्वाक–क्वाकले मेरो क्लाइन्टलाई सास्ती भएको छ,’ उनले अदालतमा भनेका थिए, ‘उनी न बगैँचामा आराम गर्न सक्छन् र झ्याल खोलेर सुत्न सक्छन्।’ वादी धनाढ्यले किसान डोमिनिकले हाँस पाल्न छोड्नुपर्ने र ३५ सय युरो हर्जाना तिर्नुपर्ने माग गरेका थिए। तर, अदालतले डोमिनिक अर्थात् हाँसहरूको पक्षमा फैसला गरेको छ र ती धनाढ्यलाई लोप्पा खुवाइदिएको छ। हाँसहरूको आवाजविरुद्ध मुद्दा हाल्ने धनाढ्यको परिचय खुलाइएको छैन।  

किसान डोमिनिक फैसलापछि असाध्यै खुशी छिन्। ‘मेरा हाँसले मुद्दा जितेका छन्,’ उनले प्रसिद्ध समाचार संस्था ‘रोयटर्स’सँग भनिन्, ‘म असाध्यै खुशी छु। अब मैले बिनाअवरोध हाँस पाल्न पाउने भएकी छु। मुद्दा हारेको भए मैले आफ्ना प्यारा हाँस मासु–व्यापारीलाई बेच्नुपथ्र्याे। मैले त्यत्रो माया गरेर पालेका हाँसको हत्या हुन्थ्यो।’ 

बिदा मनाउनका लागि ग्रामीण क्षेत्रमा घर किन्ने शहरका धनाढ्यका कारण फ्रान्सको ग्रामीण जीवन प्रभावित भएको बताइन्छ। गाउँले र शहरियाबीच एक खालको द्वन्द्व सुरु भएको छ। गत सेप्टेम्बरमा मौरिस नामको कुखुराको भाले पाल्ने किसानले जितेको मुद्दाले विश्वव्यापी चर्चा पाएको थियो। शहरबाट गाउँमा बस्न आएका एक जना धनाढ्यले मौरिसले एकाबिहानै बासेर आफ्नो निद्रा भंग गरिदिएको भन्दै किसानविरुद्ध मुद्दा हालेका थिए। अदालतले मौरिसको बास्न पाउने अधिकारको पक्षमा निर्णय गरेर ती धनाढ्यको सेखी झारिदिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.