जनहितमा काम गर्न कर्मचारीलाई श्रममन्त्रीको निर्देशन

जनहितमा काम गर्न कर्मचारीलाई श्रममन्त्रीको निर्देशन

मलंगवा : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सर्लाहीका कार्यालय प्रमुखहरुलाई नेपाल सरकारको नीति अनुसार जनताको हितमा काम गर्न निर्देशन दिएका छन्।

बिहीबार जिल्ला समन्वय समिति सर्लाहीमा आयोजित कार्यालय प्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले जनताको काममा ढिलाई नगरी नियम कानुन अनुसार काम गर्न निर्देशन दिएका हुन्। 

भ्रष्टाचार, दुरव्यवहार, जालझेल, शोषणको अनुभुति नहुने गरी काम गर्न कार्यालय प्रमुखहरुलाई सुझाव दिएका छन्। मन्त्री यादवले व्यवहारिताको धरातलमा उभेर कुनै पनि गैरजिम्मेवार काम नगर्न पनि कर्मचारीलाई निर्देशन दिए। 

‘विगतको दिनभन्दामाथि उठेर नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधीको मूल्याङ्कन गर्दैछ’, मन्त्री यादवले भने,‘त्यहाँ कुनै पनि किसिमको कमि देखिनु हुदैँन्।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.