बालविवाह मुद्दा : धरौटी तिर्न नसकेकी किशोरी साधारण तारेखमा रिहा

बालविवाह मुद्दा : धरौटी तिर्न नसकेकी किशोरी साधारण तारेखमा रिहा

दैलेख : बालविवाहको मुद्दामा धरौटी तिर्न नसकेर कारागार चलान भएकी किशोरी उच्च अदालतको आदेशमा रिहा भएकी छन्। दैलेख जिल्ला अदालतले तोकेको ३५ हजार धरौटी तिर्न नसक्दा उनी साउन ८ गते कारागार चलान भएकी थिइन्। 

‘धरौटी तिर्न नसक्दा किशोरी जेलमा’ शिर्षकको समाचार अन्नपूर्ण पोष्ट्मा प्रकाशित भएपछि सम्बन्धित निकायको नजर किशोरीमाथि परेको थियो। तत्कालिन जिल्ला न्यायाधीश सनतचन्द लवटको इजलासबाट तोकिएको उक्त धरौटी तिर्नूपर्ने आदेश नमिलेको भन्दै वकिल सर्वराज जोशीले दिएको वेरितको निवेदन उपर आज भएको बहसपछि उच्च अदालत सुर्खेतले ती किशोरीलाई साधारण तारेखमा छोड्न आदेश गरेको हो। 

उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय विनोद शर्मा र सुदर्शनदेव भट्टको इजलासले सो आदेश दिएको छ। उच्च अदालत वैतनिक वकिल भानुभक्त गौतमले बालविवाहका आरोपित ती किशोरीको तर्फबाट निःशुल्क बहस गरेका थिए। 

वादी सरकार पक्षबाट उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सरकारी वकिल प्रयागदत्त जैसीले बहस गरेका थिए। किशोरीकी आमाले दिएको बालविवाह जाहेरी अनुसार असार १७ गते बालविवाह गरिएको भनिएका किशोरीसँगै पक्राउ परेका आठबीस नगरपालिका–२ सिगौडीका रामप्रसाद जैसीले आफ्नो हिस्साको ३५ हजार तिरेर साउन ८ गते नै धरौटी तारेखमा छुटेका थिए। रामप्रसाद चार छोराछोरीको बाबु हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.