दशकको टप टेन हलिउड फिल्म
हलिउड : प्रसिद्ध अमेरिकी फिल्म समीक्षक टड मेकार्थीले दशकको टप टेन हलिउड फिल्मको सूची सार्वजनिक गरेका छन्। उनले सन् २०१० मा रिलिज भएको ‘कार्लोस’ फिल्मलाई दशकको सर्वोत्कृष्ट फिल्म भनेका छन्। यसमा ‘द सोसल नेटवर्क’, ‘ब्रुक्लिन’ फिल्म पनि परेका छन्।
‘कार्लोस’ फिल्म भेनेजुएलाका क्रान्तिकारी इलिच रामिरेज सान्चेजको जीवनमा आधारित छ। ‘द सोसल नेटवर्क’ फिल्म फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा सामाजिक सञ्जालमा उनको संघर्षको कथा छ। यसले तीन विधामा ओस्कर अवार्ड पाएको थियो।
सन् २०१५ मा प्रदर्शित ‘ब्रुक्लिन’ फिल्मले एक आइरिस प्रवासी महिलाको कथा समेटेको छ। यसले पनि तीन विधामा ओस्कर अवार्ड हात पारेको थियो। एजेन्सी
‘नाइ“ नाइ“ हुन्न हुन्न’ ०००
काठमाडौं (अन्नपूर्ण) ः गायक सञ्जीव पराजुलीको नया“ गीत ‘नाइ“ नाइ“ हुन्न हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक पराजुलीस“गै गायिका सुजता उपाध्यायको आवाज सुन्न सकिन्छ। गीतमा मानष राजको शब्द र संगीत रहेको छ भने गीतमा उदयराज पौडेलको एरेन्ज छ। यस गीतलाई एल्बम ‘उडान– २’ मा समावेश गरिएको छ।
गायक सञ्जीवको ‘नाइ“ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मनपर्छ’,
‘हिट हिट गीत’, ‘सोचमा’लगायतका गीत रुचाइएका गीतमा पर्छन्। त्यस्तै गायिका सुजाताको ‘आए म त परेर चिटिक्कै’, ‘हात थामी’, ‘तिम्रो मौन इशारा’ रुचाइएका गीतमा पर्छन्।
कार्टुन क्रिउको प्रस्तुतिमा तयार पारिएको भिडियो फरक कन्सेप्टमा तयार गरिएको छ। भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, सञ्जीव पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी, पेम्बा मगर, निम्बाबू तामाङ फिचर्ड छन्।
डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ।