एनसेलका विजेतालाई नगद पुरस्कार हस्तान्तरण
काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले 'रिचार्जमा चमत्कार' योजनाअन्तर्गत सिराहाका आशिष राउत र धादिङकी नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । राउत तेस्रो हप्ताको विजयी ग्राहकमध्येका एक हुन् भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकमध्येका एक हुन् ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो 'रिचार्जमा चमत्कार' अफर मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् ।
राउत र थापालाई बिहीबार एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयीमध्ये एकजना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रममार्फत प्रक्रिया पुर्याइ थापा नयाँ विजयी ग्राहकका रुपमा छानिएकी थिइन् ।
तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकमध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीनजना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिने एनसेलले जनाएको छ ।
यस योजनाअन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहकमध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिनेछ।
एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० वा यस भन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्ने एनसेलले जनाएको छ । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ।