काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं : भूमध्य सागरको वायुको प्रभाव नेपालका विभिन्न भूभागमा परेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ। भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिने गर्छ। 

यसबाट शुक्रबार काठमाडौंलगाएतका विभिन्न भूभागमा हल्का बर्षा भइरहेको छ । पानी परेकाले काठमाडौं उपत्यकामा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीका अनुसार काठमाडौं उपत्यकामा अहिलेको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ। उनका अनुसार काठमाडौंको भिजिबिलिटी ३ किलोमिटर रहेको छ। बुधबार विकसित हुन थालेको मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाकी मौसमविद् बासीले जानकारी दिइन्। 

उनका अनुसार हुम्ला, डोल्पा,मुगु, मुस्ताङ, बैतडी लगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भएको छ ।‘पहाडी भेगमा बदली भइ हल्का वर्षा भएको छ। हिमाली र उच्च पहाडी भेगमा वर्षा र भारी हिमपात भइरहेको छ।’

महाशाखाले हिमपात हुने भेगमा बसोबास गर्ने स्थानीय तथा पर्यटकलाई शनिबारसम्म सचेत रहन अनुरोध गरेको छ। काठमाडौं उपत्यकामा बिहीबार न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो। मंसिर २२ मा न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियसमा झरेको थियो। यो वर्षकै सबैभन्दा बढी चिसो मंसिर १४ गते भएको थियो। उक्त दिन तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.