यसरी हुँदैछ सागका पदक विजेता खेलाडीको नगरपरिक्रमा
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडी र प्रशिक्षकको नगरपरिक्रमा सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका विजेता खेलाडीलाई नगरपरिक्रमासहित सम्मान गर्न लागेको हो।
नगरको परिक्रमा गराउने कार्यक्रम बिहान ११ बजे भएपनि मौसम प्रतिकुल भएपछि दिउँसो १ बजेबाट सुरु भएको हो। राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगरपरिक्रमा न्युरोड, ईन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, सल्लाघारी, सुर्यविनायक चोकको परिक्रमा गर्दै पुन : सल्लाघारी, नयाँथिमी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर टुङ्गिनेछ ।
राखेपले नागरिक अभिनन्दनको समयमा अत्यावश्यक बाहेक अन्य सवारी साधन प्रयोग नगरिदिन अनुरोध गरेको छ ।