सेन्सेइ ब्राण्डको नेपाली बजारमा लोकप्रियता बढ्दो
काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले सेन्सेइ ब्राण्डका नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ।
अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाइने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीको नेपाली बजारमा लोकप्रियता बढ्दो छ। जापानी टेक्नोलोजीद्वारा निर्मित सेन्सेइ ब्राण्डका घरायसी सामाग्री देशभरका ग्राहकको मन मनमा बस्न सफल भएको छ।
चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ। हरेक नेपाली ग्राहकको रोजाइमा रहेको सेन्सेइ ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ।