पहिलो दिनको छलफलमा ‘लेक रहे पो लोकसाइड’देखि  ‘वाह गजल’सम्म

पहिलो दिनको छलफलमा ‘लेक रहे पो लोकसाइड’देखि  ‘वाह गजल’सम्म

पोखरा : पोखरामा शुक्रबार सुरु भएको आइएमई नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिनमा विभिन्न ६ सेसनमा छलफल भएको छ। तालबाराही चोक, लेकसाइड पोखरामा उद्घाटनपछि महोसत्वको पहिलो दिन ६ सेसनमा सफल भएको हो। 

पहिलो सेसनमा ‘लेक रहे पो लेकसाइड’ शीर्षकमा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले आआफ्ना धारणा राखे। 

दीपेन्द्र श्रेष्ठ प्रस्तोता रहेको यो सेसनमा सहभागीले अतिक्रमणमा परेको फेवातालबारे मात्र कुरा उठाएनन्, यसको समस्या समाधानका लागि पनि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिएका छन्। सहभागीले  फेवातालको अतिक्रमण बढेको भन्दै यसलाई जोगाउनेतर्फ पनि सरोकारवालाले पहल गर्नुपर्ने आवाज उठाए। 

शुक्रबारको दोस्रो सेसनमा ‘समानताको लडाईं’ शीर्षकमाथि छलफल भयो।  यसमा चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गरे। यो सेसनमा महिला आन्दोलनदेखि लोकतन्त्रको प्राप्तिसम्म महिलाका योगदान र समानता आदिका विषयमा चर्चा भयो। ‘महिला हिंसा किन हुन्छ, यो कहाँबाट सुरु हुन्छ र यसमा समाज एवम् पारिवारिक भूमिका केकस्तो रहन्छ भन्नेबारे छलफल भयो। 

महोत्सवको तेस्रो सेसन, हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालमाथि आधारित थियो। ‘हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांसा’ शीर्षकको सेसनमा साहित्यकार अमर न्यौपाने र रोचक घिमिरेले छलफल गरे। 

छलफलमा उनीहरुले हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा भैरव अर्यालले पुर्याएको योगदानबारे चर्चा गरे। यो सेसनमा भैरव अर्यालले आफ्नो जीवनमा भोग्नुपरेका कठिन अवस्थाबारे पनि उनीहरुले कुराकानी गरे। 

चौथो सेसनको शीर्षक थियो, ‘संघीयताको सकस’। यसमा टीकाराम यात्रीले प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्यसँग छलफल गरे। नेपालमा संघीयतापछिको अवस्था र यसका सकारात्मक एवम् नकारात्मक असरबारे उनीहरुले छलफल गरे। साथै नेपालको सन्दर्भमा संघीयताले पारेको प्रभावमा पनि उनीहरु केन्द्रित रहे। 

पाँचौं सेसन ‘काव्यिक आन्दोलन’शीर्षकमा । यो सेसनमा तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाले नेपालमा काव्यिक आन्दोलनका विषयमा समीक्षात्मक अभिव्यक्ति दिए। नेपालमा काव्यिक आन्दोलनको सुरुवात, यसको विस्तार र प्रभावबारे उनीहरुले आआफ्ना धारणा राखे। 
 
यसैगरी महोत्सवको पहिलो दिनको अन्तिम सेसन  ‘वाह गजल’ शीर्षमा छलफल भयो । यो सेसनमा गजल वाचन भयो। यसमा सहभागी थिए, शीतल कादम्बिनी, नीरज भट्टराई, ईश्वर दाहाल, इम्तियाज वफा, संगीता थापा, राबत र बाबु त्रिपाठी। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.