शौचालयको सेफ्टि ट्याङ्कीमा युवतीको शव
धादिङ : सिद्धलेक गाउँपालिका–३ आम्कोटमा शौचालयको सेफ्टि ट्याङकीमा एक महिलाको शव फेला परेको छ। स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टि ट्याङकीमा अनिसा तामाङ नाम गरेकी २० वर्षीय युवती शव फेला परेको हो। उनको ठेगाना भने खुलेको छैन।
करिव २० दिन पहिले नै हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।युवतीको शव गल्न थालिसकेको अवस्था सेफ्टि ट्याङकीबाट निकालेर प्रहरीले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङवेशी ल्याएको छ।
महिलाको शव सेफ्टिट्याङकीमा फालिएको भन्ने विशेष सूचनाको आधारमा खोज तलास गर्दै जाँदा शव फेला परेको प्रहरीको भनाइ छ। युवतीको हत्या गरी घटना लुकाउन शव सेफ्टि ट्याङकीमा फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी रुपक खड्काका बताए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ समेत गरेको छ। शव फेला परेको सेफ्टि ट्याङकी धनी अर्जुन बहादुर सुयल मगर, इन्द्रबहादुर थापा मगर र छवि थापा मगरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्जुन मगरले विहे गर्ने भन्दै ल्याएकी केटीको गत मंसिर १० गते हत्या गरी शव सेफ्टि ट्याङकीमा लुकाइएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने सूचना अधिकारी खड्काले बताए। उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं, युवतीको ठेगाना पत्ता लगाउने कोसिस भइरहेको छ, अनुसन्धान सकिएपछि हामी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौँ।’
सिद्धलेक गाउँपालिका वडा नं ३ का अध्यक्ष देव बहादुर पुलामीले पनि गाउँमै विहे भएर आएकी नवदुलहीको साथीको रुपमा आएकी केटीको हत्या भएको भन्ने प्रारम्भिक