सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजन दाेलखाका प्रमुख पक्राउ

सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजन दाेलखाका प्रमुख पक्राउ

दोलखा : सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारी पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाई विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख अधिकारीले सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका थिए।

रत्ननगर नगरपालिका-४, चितवन घर भई किर्तिपुर नगरपालिका-२, काठमाण्डौं बस्ने अधिकारीलाई तत्कालीन कार्यरत कार्यालयको सरकारी छाप दस्तखत किर्ते गरेको मुद्दामा  शनिबार काठमाडौंमा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डीएसपी मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका अधिकारी यस अघि सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्वनको अवस्थामा रहेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले आवश्यक अनुसन्धानपछि दोलखा प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो । तत्कालीन अधिकारी कार्यरत सिंचाई डिभिजन कार्यालयको सरकारी छाप दस्तखत किर्ते मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका थिए । पक्राउ परेका अधिकारीलाई दोलखा प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.