के हो कोलोन क्यान्सर ? के छ उपचार विधि ?
काठमाडौं : विश्वमा ओरल, सर्वाइकल र ब्रेस्ट क्यान्सर जस्ता रोगले ठूलो रुप लिन थालेको छ । नेशनल हेल्थ प्रोफाइल २०१९ मा जारी गरेको तथ्याङ्क अनुसार एन सिडी क्लिनक्सले २०१७ देखि २०१८ को बिचमा क्यान्सर रोगको अवस्था बारे पत्ता लगाएको देखिन्छ ।
यो रिर्पोट अनुसार एक वर्षको अवधिमा क्यान्सर रोग ३२१ प्रतिशतले वढेको छ । यो भनेको तीन गुणा भन्दा बढी हो । क्यान्सर शरीरको निश्चित ठाउँमा लाग्छ भन्ने हुँदैन् । शरीरको जुनसुकै अंगमा पनि क्यान्सरले आफ्नो ठाउँ बनाउन सक्छ । यो रोगले धनी र गरीब, बच्चा र वृद्ध, गाउँ र सहर भन्दैन् । क्यान्सर जुनसुकै समयमा जो कसैलाई पनि लाग्न सक्ने रोग हो ।
वर्षमा करोडौं मानिसले क्यान्सर रोगको जाँच गराउने गरेका छन् । मानिसको शरीर सुक्ष्म तत्व कोषिकाको समूह मिलेर बनेको हुन्छ । शरीरमा भएको ती विभिन्न कोषिकाको अनियन्त्रित वृद्धि भएर त्यसलाई शरीरले व्यवस्थापन गर्न नसकेमा क्यान्सर रोग लाग्ने गर्छ । विश्वव्यापी रुपमा क्यान्सर मृत्युको दोस्रो प्रमुख कारण बनेको छ ।
कोलन क्यान्सर भन्नाले एक प्रकारको क्यान्सर हो । जुन आन्द्रामा सुरु हुन्छ । कोलन पाचन पथको अन्तिम भाग हो । सामान्यतय पेटको क्यान्सरले वृद्धलाई असर गर्छ । तर यसले कुनै उमेर भन्दैन् । यो विशेषगरी सामान्य रुपमा भित्री भागमा बनेको पोलिप्स नामक कोषिकाको सानो समूहमा सुरु हुन्छ । यसरी केही पोलीप्सहरु कोलोन क्यान्सर बन्ने गर्छ ।
पोलीप्स सानो र कम उत्पादन पनि हुनसक्छ । यस कारणले नियमित परिक्षण गर्नुपर्छ । क्यान्सर हुनबाट बचाउन पोलिप्सहरुको पहिचान गरेर हटाउने काम गरिन्छ । पोलिप्सहरु क्यान्सरमा परिणत हुनु अगाडि नै परिक्षण सुरु गरिसक्नु पर्छ ।
कोलोन क्यान्सरलाई कालोरेक्टल क्यान्सर पनि भनिन्छ । यसलाई नियन्त्रण गर्न विभिन्न सर्जरी, रेडिएसन थेरापी र औषधी उपचार गर्न सकिन्छ । किमोथेरापी, लक्षित थेरापी र इम्युनो थेरापीजस्ता उपचारहरु अपनाउन सकिन्छ ।
कोलोन क्यान्सरका लक्षण
– नियमित पखाला लाग्नु वा कब्जियत हुनु ।
–पेटको असुविधा जस्तै एैठन, ग्यास वा दुखाई हुनु ।
–कमजोरी वा थकान महसुस हुनु ।
–अव्यवस्थित वजन बढ्नु ।
–दिसामा रेक्टल रक्तश्राव वा रगत देखिनु ।
कोलोन क्यान्सरका धेरै व्यक्तिहरुले यस रोगको सुरुवाती अवस्थाहरुमा कुनै लक्षणहरु अनुभव गर्दैनन् । जब लक्षणहरु देखा पर्छन्, ती लक्षण क्यान्सरको चरण अनुसार फरक पर्नसक्छ ।
कोलोन क्यान्सर ५० वर्ष उमेर पार गरिसकेकाहरुमा देखा पर्ने सम्भावना धेरै हुन्छ । अरुको तुलनामा अफ्रिकन अमेरिकनसमा कोलोन क्यान्सर धेरै देखिएको छ । मधुमेह र इन्सिुलीन प्रतिरोधका बिरामीमा कोलोन क्यान्सरको सम्भावना प्रबल हुन्छ । यसका साथै अत्यधिक मोटो मानिसहरु, धुम्रपान र मध्यपान गर्न रुचाउने मानिस यो रोगको समस्यामा पर्ने गर्छ ।
दैनिक जीवनमा केही परिवर्तन ल्याउन सकेमा कोलोन क्यान्सरबाट बच्न सकिन्छ । नियमित फलफूल, हरियो सागपात, भिटामिन, मिनरल, फाइबर र एन्टिअक्सिडेन्ट युक्त खानाले क्यान्सर रोकथाम गर्न मद्धत गर्छ । शरीरमा अनावश्यक कोलेस्ट्रोल घटाउनका निम्ति दिनहुँ व्यायाम र योगा गर्न सकिन्छ । दिनहुँ ३० मिनेटको निरन्तर व्यायामले शरीरमा जाँगर र स्फूर्ति पलाउँछ।