सर्वाइकल र कम्मर दुखाइको कारण बन्दै ग्याजेट

सर्वाइकल र कम्मर दुखाइको कारण बन्दै ग्याजेट

काठमाडौं : नयाँ अविस्कार र टेक्नोलोजी आजको युगको आवश्यकता बनेको छ। मोबाइल, ल्यापटप, टेलिभिजनबिना मानिस अधुरा छन् । बच्चा, युवा र वृद्ध जो कोही उमेरका मानिसरलाई टेक्नोलोजीको लत लागेको छ । मानिस सानो काम गर्न पनि अहिले मोबाइलको सहायता लिने गर्छन् । दिन प्रतिदिन मानिसलाई नयाँ आविस्कार र यन्त्रले अल्छि बनाइरहेको छ । 

टेक्नोलोजीलाई सही ढंगमा प्रयोग गर्न नसक्नुकै कारण मानिसमा अनेकौ रोग देखिएको अनुसन्धानमा खुलेको छ । एकै ठाउँमा धेरै समयसम्म बसेर मोबाइल चलाउनु आजका नयाँ पुस्ताको आवश्यकता बनेको छ । यसले उनीहरुमा अनियन्त्रित तौल, गर्द्धन र कम्मरको दुखाई बढाइरहेको हुन्छ । 

सफदर जंग अस्पताल भारतमा गरिएको अनुसन्धानमा ६० प्रतिशत मानिसमा मस्कुलोस्केल्टन डिसअर्डर देखिएको छ । गलत तरिकाले ग्याजेटको प्रयोगले हाड जोर्नी, गर्दन र सर्वाइकलजस्ता समस्या देखा परेको खुलेको छ । 

मोबाइलको डिस्प्ले ६० डिग्री भन्दा बढी मोडेर चलाउने बानीले यस्ता समस्या निम्त्याउने गर्छ । निरन्तर त्यसरी हड्डी मोडेर मोबाइल चलाउँदा गर्द्धनको दुखाई असामान्य रुपमा बढ्छ । 

मोबाइल र ल्यापटपको प्रयोगबाट हुने समस्याबाट छुटकारा पाउन

– क्म्युटर वा ल्यापटप स्क्रिन र आफू बिच करीब ८० सेन्टि मिटरको दुरीमा चलाउने ।

– मोबाइल र आफ्नो काँध च्यापेर प्रयोग नगर्ने । मोबाइलमा कुरा गर्दा एरफोनको प्रयोग गर्नु धेरै राम्रो हुन्छ ।

– मोबाइल र ल्यापटपमा बिना काम लामो समयसम्म च्याट र गेम खेल्नुको सत्ता शारीरिक कसरतमा ध्यान दिनु पर्दछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.