सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १४ को मृत्यु, ६ को सनाखत, १८ जना घाइते

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : १४ को मृत्यु, ६ को सनाखत, १८ जना घाइते

खाडीचौर ( सिन्धुपाल्चोक) : दोलखाको प्रख्यात तीर्थस्थल कालिञ्‍चोकबाट भक्तपुर फर्कदै गरेको बस खाडीचौर जिरी सडकको छ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जनाको पुगेको छ। मृतकमध्ये ५ जनाको सनाखत भएको छ।

सनखत हुनेमा जुगल गाउँपालिक ७ याङ्लाकोट सिन्धुपाल्चोकका २८ वर्षीय शुकबहादुर तामाङ, सोही ठाउँकी ५ वर्षीया बालिका सविना तामाङ, भिमेश्वर नगरपालिका दोलखाकी ३७ वर्षीया जुनमाया तामाङ, सोही ठाउँकी मञ्जु तामाङ, उमाकुण्ड गाउँपालिका ५ रामेछापका २८ वर्षीय महेश तामाङ र सूर्यविनायक नगरपालिका ८ बस्ने ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवराज काफ्लेले जानकारी दिए।

अन्य शवको भने पहिचान हुन सकेको छैन । शव पोष्टमार्टमका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये १४ जनाको राजधानीको ह्याम्स हस्पिटलमा र बाँकी चारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था गम्भीर रहेको ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले बताए ।

भक्तपुरबाट तिर्थयात्रा रिर्जभ गएको बा २ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिकाको छकिलो भन्ने ठाउँमा सडकबाट ७० मिटर तल खस्दा तीन बालबालिकासहित १४ जनाको मृत्यु भएको हो। मृतकमध्ये ९ महिला र छ पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १८ यात्रु घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.