दुर्घटनाका घाइते भन्छन्- भगवान‍्ले बचाए

दुर्घटनाका घाइते भन्छन्- भगवान‍्ले बचाए

खाडीचौर ( सिन्धुपाल्चोक) : सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेले मोडमा सडक पिच नहुँदा बस दुर्घटना भएको बताएका छन्।अन्त पिच भएपनि मोडमा पिच नहुँदा बस दुघर्टना भएको घाइते सुकमाया तामाङले बताएकी छिन्।

मोडमा आउने वित्तिकै बस एक्‍कासी तल खसेको घाइते सुकमाया तामाङले बताइन्। तामाङकाअनुसार सडकको अन्य भागमा पीच भएपनि मोडमा पीच नभएकै कारण बस सिधा जान नसकेपछि दुर्घटना भएको हो। 

'गुडिरहेको बस एक्‍कासी बल्ड्याङ खान थाल्यो, घाइते सुकुमायाले भनिन्, 'बाँचिन्छ भन्ने त आस थिएन, कुन भाग्यले बचायो । धर्म गर्न गएकाको यो हालत भयो।' सुकमायाको टाउकोमा गम्भीर चोट लागेको छ। उनको काठमाडौंस्थित ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ। 

अर्का घाइते दोर्जे तामाङले शनिबार साँझ ८ बजे सिन्धुपाल्चोकको मुडे आइपुगेको बस मुडेमै बास बसेको बताए । 'केही समयको छलफलपछि हामी मुडेको एक होटलमा बस्यौं, सागरले भने, 'बिहान पौने सात बजे चिया खाएर मुडेबाट हिंडेका थियौं, करिब पौने घण्टापछि दुर्घटनामा परिहाल्यौं।' उनले भने, 'बाचिन्छ भने आशा त थिएन, भगवान‍्ले बचायो।'

उनको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। दोर्जेको पनि काठमाडौंमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

दोलखाको प्रख्यात तिर्थस्थल कालिञ्चोकबाट भक्तपुर फर्कदै गरेको बा २ ख ४४६८ नम्बरको बस बस खाडीचौर जिरी सडकको छकिलो भन्ने ठाउँमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको छ। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।मृतकमध्ये ६ जनाको सनाखत भएको छ।

दुर्घटनाका घाइते मध्ये १४ जनाको राजधानीको ह्याम्स हस्पिटलमा र बाँकी चारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबै घाइतेको अवस्था गम्भीर रहेको ह्याम्स हस्पिटलका अध्यक्षआरएस भण्डारीले बताए 

भक्तपुर बस्दै आएका जुगल गाउँपालिका याङ्लाकोटका स्थायी बासिन्दाले पारिवारिक भ्रमणमा बस रिजर्भ गरेर कालिञ्चोक गएका थिए ।  उक्त रुटमा अनुभव नभएका चालकले कुनातिर बस कोल्टिने डरले छेउबाट मोड्न खोज्दा दुर्घटना भएको अनुमान प्रहरीको छ।

घटनास्थल पुगेका सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार अन्य प्राविधिक विषय त परीक्षणपछि थाहा होला, बस कोल्टिने खतराबाट जोगाउन खोज्दा दुर्घटना भएको हो की भन्ने अनुमान छ।

चालकले हावा खुस्कियो भन्दाभन्दै बस मोडबाट तल खसेको घाइते सहचालक जसलव तामाङले बताएको प्रनाउ काफ्लेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.