'अर्ना एट ९८०' नेपाली बजारमा
काठमाडौं : यती ब्रुअरी प्रालिले नयाँ उत्पादन 'अर्ना एट ९८०' नेपाली बजारमा सार्वजनिक गरेको छ । अर्ना ब्रान्ड अन्तर्गतको नयाँ उत्पादन 'अर्ना एट ९८०' नेपाली वियर मध्येकै सर्वाधिक ८ प्रतिशत 'अल्कोहल' भएको 'स्ट्रङ' वियर हो । 'स्ट्रङ' वियरको बढ्दो मागलाई विचार गरी उत्पादन थालिएको कम्पनीले जनाएको छ ।
'अर्ना एट ९८०' वियर ३३० मिलि र ६५० मिलि दुवै बोतलहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यी दुवै बोतलहरूमा 'पूल-अफ क्याप' राखिएकाले यसलाई खोल्न 'ओपनर' आवश्यक पर्दैन ।
सीधै बोतलबाट पिउन सजिलो र छुट्टै ग्लास आवश्यक नपर्ने भएका कारण ३३० मिलिको 'अर्ना एट ९८०' विशेषगरी युवामाझ चाँडै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
चितवनको चैनपुरस्थित अन्तर्राष्ट्रियस्तरको वियर प्लान्टबाट उत्पादित 'अर्ना एट ९८०' ३३० मिलिको बजार मूल्य १ सय ४० रूपैयाँ र ६५० मिलिको मूल्य २ सय ७५ रूपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
३३० मिलिको 'अर्ना एट ९८०' एक कार्टुनमा २४ बोतल हुन्छ भने ६५० मिलिको एक कार्टुनमा १२ बोतल हुन्छ । कम्पनीका अनुसार अर्ना ब्रान्डअन्तर्गत 'अर्ना एट ९८०' सँगसँगै 'अर्ना लाइट', 'अर्ना प्रिमियम' र 'अर्ना स्ट्रङ' पनि बजारमा उपलब्ध छन् ।