ग्राहक लोभ्याउन इन्टरनेटमा प्याकेज

ग्राहक लोभ्याउन इन्टरनेटमा प्याकेज

काठमाडौं : इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहक आकर्षण गर्न इन्टरनेटमा विभिन्न प्याकेज तथा अफर सुविधा ल्याएका छन्। ग्राहकलाई इन्टरनेट सेवा लिँदा नेट टीभी, इन्टरनेटसँगै टीभी, मोबाइल, बिमासहित सुविधा दिन थालेका छन्। इन्टरनेटको बजार बढाउन र ग्राहक आकर्षित गर्न यस्ता अफर आएका हुन्।

ग्राहक सेवा विस्तार गरी थोरै लाभबाटै ग्राहकको विश्वास जित्न यसअघि बर्सेनि चाडपर्व (दसैंतिहार)मा आउने यस्ता अफर अहिले बेमौसमी हुन थालेका छन्। ग्राहकसँग पैसा हुँदा जुनबेला पनि बजारबाट सेवा र सुविधा लिन सकिन्छ। चाडपर्व नै कुर्नु पर्दैन भन्ने आसयबाट यस्ता अफर ल्याइएको इन्टरनेट सेवाप्रदायक कम्पनीको भनाइ छ।

इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टका अनुसार बजारमा हुने प्रतिस्पर्धा ग्राहकलाई आफूतर्फ आकर्षित गर्नु नै हो। अहिले आएका विभिन्न अफरले पनि ग्राहकको ध्यानाकर्षण गराउने माध्यम बनेको हो। सेवा लिएबापत दिने सुविधालाई प्याकेजिङ गरेर दिँदा ग्राहक आकर्षित हुन्छन् र यसले समग्र बजारलाई बढाउने अनुमान गरेर यस्त अफर ल्याइएको बुझाइ भट्टको छ।

‘ग्राहकले के रुचाउँछन् र कसरी सेवा दिने भन्ने हो। बजारको अवश्यकता र माग पनि यस्ता अफर प्रभावकारी हुने वल्र्डलिंकका जनसम्पर्क निर्देशक लक्ष्मण यादव बताउँछन्। उनका अनुसार ग्राहकलाई सुविधा दिने हो। इन्टरनेटको पहुँच बढाउने र बढीभन्दा बढी ग्राहक आकर्षित गर्न अफर आवश्यक हुन्छ। अफर जहिले ल्याउँदा पनि हुँदो रहेछ मुख्य चाडपर्व नै भनेर बस्नुपर्दैन। ग्राहक पहिलेजस्तो दसैंतिहार नै कुरेर बस्दैनन्। जहिले जे अफर आउँछ मौकाको फाइदा लिनुपर्छ भन्ने पनि छन्। यसको प्रभावकारिता सकारात्मक हुने यादव बताउँछन्।

वर्ल्डलिंकका बजार प्रबन्धक माधव काफ्लेले ग्राहकको रुची अनुसार प्याकेज ल्याउने गरेको उल्लेख गरे। अहिले आएको इन्टरनेटसँगै हिटर सुविधाको प्याकेज पनि बजार सर्वेक्षण गरेर ल्याइएको उनले बताए। यसअघि दसैंमा टीभी अफर ल्याएका थियौं। गर्मीका लागि पनि नयाँ प्याकेज लिएर आउने उनको भनाइ छ। जसले जे प्याकेज ल्याए पनि बजारमा स्वस्थ्य प्रतिस्पर्धा भने हुनुपर्छ। बजार बिगार्ने र ग्राहकलाई जबर्जस्ती सेवासुविधा लिन बाध्य नपार्ने हो भने समग्र सूचना प्रविधि क्षेत्रकै विकासमा यसलाई सकारात्मक रूपमा लिनुपर्ने सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुली बताउँछन्। उनका अनुसार विभिन्न अफर र प्याकेजले बजार त बढ्ला तर ग्राहकको अपेक्षाभन्दा सेवासुविधा कम हुँदा विश्वास गुम्ने भएकाले यसतर्फ सचेत हुन जरुरी छ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्वस्थ्य प्रतिस्पर्धाका लागि कुनै समस्या छैन। तर, सेवाप्रदायकले ग्राहक सेवासुविधाका नाममा अस्वस्थ्य प्रतिस्पर्धा र बजारमा नकारात्क असर पर्ने गरी काम गर्न पाउँदैनन्। कुनै सेवाप्रदायकले ग्राहलाई असर पर्ने वा अन्य असुविधा हुने गरी अफर ल्याए वा गुनासो आए प्राधिरकणले नियमन गर्ने जानकारी अर्यालले दिए।

अहिलेको बजारले निर्णय गर्ने समय हो। बजारको आवश्यकता र मागअनुसार सेवाप्रदायकले सेवा दिने गरेका छन्। बजारमा टिक्न र दायरा बढाउन स्वस्थ प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिइएको अर्याल बताउँछन्। अहिले प्राधिकरणबाट ११५ कम्पनीले इन्टरनेट सेवाका लागि अनुमति लिएका छन्। यसमध्ये सक्रिय सेवा दिनेको संख्या कम भए प्रतिस्पर्धा चर्को हुन्छ।

कम्पनीअनुसार अफर
बजारमा अहिले इन्टरनेट सेवाप्रदायकबीच प्रतिस्पर्धा छ। कम्पनीहरूबीचकै प्रतिस्पर्धाले ग्राहक आकर्षण गर्ने योजना ल्याउनु हरेक सेवाप्रदायकका लागि आवश्यक पनि हो। सेवाप्रदायकले दिने सुविधा, विश्वसनियता र रुचीअनुसार ग्राहकले सेवाको आधारमा कम्पनी छनोट गर्न सक्छन्। यसका लागि विभिन्न अफर माध्यम बनेका छन्।

वर्ल्डलिंक
यो कम्पनीले जाडो मौसमलाई दृष्टिगट गरेर हिटर नेट अफर सार्वजनिक गरेको छ। भर्खर सार्वजनिक भएको यो अफरमा ग्राहकले एक वर्षको इन्टरनेट प्याकेज लिँदा सित्तैमा सीजीको ब्लोअर हिटर दिन थालेको छ।

वर्ल्डलिंकले २७ हजार ९९० रुपैयाँ खर्च गर्नुपर्ने सेवाका लागि जम्मा १७ हजार पाँच सय खर्च गरेरै ४० एमबीपीएस इन्टरनेट र साथमा हिटर पनि दिएको छ। बजारमा १० हजार पर्ने हिटरलाई इन्टरनेट लिँदा सित्तैमा पाउने गरी सुविधा दिएको कम्पनीको भनाइ छ।

यसअघि कम्पनीले ३२ इन्चको टीभीसहित इन्टरनेट प्याकेज जम्मा १४ हजार २४० रुपैयाँमा नै ल्याएको थियो। बजार मूल्य २४ हजार ५९० पर्ने उक्त टीभीलाई इन्टनरेटसँग प्याकेजिङ गरेर सस्तोमा ग्राहकलाई सेवा दिएको दाबी कम्पनीको छ। यो कम्पनीले ३२ इन्चको टेलिभिजनसहित विभिन्न प्याकेज बनाएको थियो।

भायनेट
यो इन्टरनेट कम्पनीले पनि ‘क्या लभ्ली अफर’ अन्तर्गत ग्राहकलाई आकर्षित गर्न खोजेको छ। यसले ३४ हजार रुपैयाँमा एक वर्षको इन्टरनेटमा नेट टीभी र ६४ मेगापिक्सल क्यामरा भएको साओमी रेडमी नोट ८ प्रो सित्तैमा दिन थालेको छ। २७ हजार सात सयमा रुपैयाँ खर्चे गर्नेलाई भने एक वर्षको इन्टरनेट प्याकेजको साथमा नेट टीभी र साओमी रेडमी नोट ८ दिने गरेको छ।

सुबिसु
यो कम्पनीले भने टेलिभिजन सेवा प्रदान गर्ने गरी क्लियर टीभी नै सञ्चालन गरेको छ। यसले चाहिँ इन्टरनेटलाई डिजिटल टीभीसँग जोडेर सुविधा दिएको छ। टीभी हेर्न जडान गर्नुपर्ने सेटटप बक्ससँगैको सुविधालाई दृष्टिगत गरेर टीभी र इन्टरनेट प्याकेज बनाएको छ। यो कम्पनीले फाइबर नेटसँग क्लियर टीभीको सुविधा दिएको छ।

नेट म्याक्स
यो कम्पनीले भने इन्टरनेटको एक वर्षे ग्राहकलाई एक लाख रुपैयाँको स्वास्थ्य बिमा सुविधा नै उपलब्ध गराएको छ। ‘नेपालमै पहिलोपटक इन्टरनेटसँग इन्स्योरेन्स’ अफर ल्याएको छ। यो कम्पनीका अनुसार इन्टरनेट र स्वाथ्य दुवैमा ढुक्क भन्ने नारा दिएर सबै प्रकारको दुर्घटना, सल्यक्रिया र अन्य उपचारमा एक लाख रुपैयाँसम्मको निःशुल्क सेवा दिएको कम्पनीले जानकारी दिएको छ। यो कम्पनीले शिखर इन्स्योरन्सको सहकार्यमा यस्तो अफर ल्याएको हो।

क्लासिक टेक
यो इन्टरनेट कम्पनीले भने छोयो कि चल्यो नामको सस्तोमा सेवा सार्वजनिक गरेको छ। यो कम्पनीले ग्राहक आकर्षण गर्न इन्टरनेको समयावधि अनुसारको थप सुविधा दिएको छ। यसले आठ हजार ८४८ मै ४० एमबीपीएसको इन्टरनेट सेवा दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.