मौसम अपडेट : तराईमा हुस्सु, काठमाडौंमा घाम
काठमाडौं : नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम प्रणाली निस्क्रिय हुँदा सोमबार उपत्यकालगायत अधिकांश क्षेत्रको मौसम सफा रहनेछ।
देशको पहाडी भू-भागमा आंशिक बदली भएपनि बाँकी भू-भागमा मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार पश्चिम र मध्यपश्चिम तराईमा बिहानैदेखि कुहिरो लागेको छ।हुस्सुका कारण पश्चिम तराईमा हवाई उडान प्रभावित हुने संभावना रहेको छ।
पश्चिम तराईको कैलाली, कंचनपुर,बाँके,बर्दिया,दाङ कपिलवस्तु, रुपन्देही, नवलपुरमा बिहानैदेखि कुहिरो लागेको छ भने मध्य तराई चितवन, पर्सा,बारा रुपन्देहि, सर्लाही, धनुपा र परासीमा सामान्य हुस्सु लागेको छ। यस्तै पूर्व तराईमा पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। आज बेलुकासम्म हुस्सु हट्ने महाशाखाले जनाएको छ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ।
आज बिहान काठमाडौंको तामक्रम ६ डिग्री सेल्सियस रहेको छ भने जुम्लाको तामक्रम माइनस ७ दशमलब जिरो डिग्री सेल्सियस रहेको छ।