अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा

विराटनगर : मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ। मैथिली एसोसिएशन नेपालको आयोजनामा पुस ६ र ७ गते विराटनरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुन लागेको हो।  

मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली संस्कृति तथा संस्कृतिप्रति अभिरुची बढाउनुको साथै भ्रमण वर्ष सन २०२०लाई सफल बनाउने आयोजना हुने सो सम्मेलनमा मैथिली भाषा, संस्कृति, रहनसहन, पहिरन लगायतका विषयहरुमा व्यापक विमर्श हुनेछ। 

नेपाल र भारतका मैथिली भाषाका अगुवाहरुले संस्कृति तथा भाषाको उत्थानको लागी मैथिल विद्वान तथा कवि, कलाकारसँग छुट्टाछुट्टै विचार विमर्श गरिने मैथिली एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले बताए।विराटनगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर चौधरीले दुबै देशका मैथिली अभियन्ता संघ संस्थाका करिब २ सय ५० प्रतिनिधिहरुको सहभागीता हुने जानकारी दिए।

पहिलो दिन झाँकी, प्रदर्शन गर्नुको साथै मैथिली, भोजपुरी, थारु , राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविद्वारा बहुभाषिक कवि सम्मेलनसँगै मैथिली हास्य कविता, गीत–गजल र पारम्परिक नारदी कीर्तनको आयोजना हुनेछ। उक्त सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.