गाउँमा पानी आएपछि अब ‘चोर्नु परेन’

गाउँमा पानी आएपछि अब ‘चोर्नु परेन’

मेलम्ची : मेलम्ची नगरपालिका–८, क्यौरानीकी सिता गिरीलाई केही महिना अघिसम्म खानेपानीको चिन्ताले रातभर निद्रा लाग्दैनथ्यो ।

राति छिमेकी गाउँमा लगेको पाइप लाइनबाट पानी चोर्न नपाए भोलि बिहान पानी थाप्न घण्टौ कुर्नुपर्ने बाध्यताले उनी निदाउन सक्दैनथिइन् । केही महिनायतादेखि भने गाउँमै खानेपानी योजना सञ्चालनमा आएपछि सीता र उनका छिमेकीलाई पानी चोर्नुपर्ने बाध्यता टरेको छ ।

सेवक नेपाल र जनहित ग्रामीण सेवा समितिको साझेदारीमा सिस्नेखोला रामदल टोल खानेपानी योजना सम्पन्न भएपछि छिमेकी गाउँमा लगेको लाइनबाट पानी चोर्नुपर्ने बाध्यता टरेको हो ।

यो योजना सम्पन्न हुनुअघि पल्लो गाउँमा लगेको लाइनबाट राति पानी चोरेर दैनिक उपभोगका लागि खानेपानीको जोहो गथ्र्यौं, स्थानीय गृहिणी नक्कली गिरीले भनिन्, ‘यो योजना सम्पन्न भएपछि हामीलाई पानीको चिन्ताले सताउन छाडेको छ ।’

भूकम्पपछि आफ्नो थलोमा घर बनाउन सम्भव नभएका कारण नया ठाउँमा सरेका स्थानीयले खानेपानी समस्या भोग्नुपर्दा यो योजना सञ्चालनमा ल्याएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल गिरीले बताए ।

गिरी भन्छन्, ‘गाउँमा खानेपानी नहुँदा छिमेकी गाउँमा लगेको लाइनबाट पानी चोर्नुपथ्र्यो । हरेक रात पानी चोर्दा छिमेकीसँग समेत दुस्मनी बढ्न थालेको थियो ।’ दातृ संस्था र स्थानीय जनसहभागिता समेत गरी १० लाख ५८ हजार छ सय २९ रुपैयाँको लागतमा योजना सम्पन्न भएको जनहितका कार्यक्रम संयोजक प्रकास नेपालले बताए ।

खानेपानी योजना अन्तर्गत ३३ परिवारले उपभोग गर्ने गरी नौ वटा धारा सञ्चालनमा ल्याइएको सेवककी प्राविधिक अनिता नेपालले जानकारी दिइन् । करिव एक किलोमिटर टाढाबाट गाउँमा खानेपानी ल्याइएको छ । योजना सम्पन्न भएपछि पनि सफा खानेपानीलाई निरन्तरता दिन जनहितले आवश्यक सहजीकरण तथा मर्मत सम्भार कोषको व्यवस्था गरेको कार्यक्रम निर्देशक राजेन्द्र शर्माले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.