सांस्कृतिक महोत्सवसँगै माघी मनाइँदै
धनगढी : थारु जातिले माघीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । माघीलाई उत्साहका साथ मनाउन कैलालीको कैलारी गाउँपलिकामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । थारु सांस्कृतिक झल्कने झाँकी नाचगानसहित कैलारी गाउँपालिका हसुलियमा माघ २ र ३ गते विशेष कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कार्यक्रमअन्र्तगत सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुनेछ । थारुहरुको बाहुल्यता भएको कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लबले दोस्रो पटक दुई दिने थारु सांस्कृतिक प्रदर्शनी गर्न लागेको हो ।
सांस्कृतिक कार्यक्रमको एक कार्यक्रमका बीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक पञ्चराम चौधरीले जानकारी दिए । 'हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान' भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, बड्का नाच, मुङ्ग्रहुवा नाच, लठ्ठहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाचलगायत सांस्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
कार्यक्रममा ५० वटा सांस्कृतिक टोलिको सहभागिता रहनेछ । यसैगरी, पेनाल्टी सुटआउट टोलीअन्र्तगत ३५ वर्ष भन्दा माथि उमेर (भेट्रान) समूह ६४, ३५ वर्ष भन्दा मुनि उमेर समूह ६४, र महिला समूह ३२ वटा टिम रहनेछन्।
फुटबल पेनाल्टी सुटआउटमा ३५ वर्ष भन्दामाथि उमेर (भेट्रान) समूहमा प्रथम स्थान हाँसिल गर्ने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेता टिमलाई ५५ हजार पाँच सय ११ रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ५÷५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।
त्यस्तै ३५ वर्षभन्दा मुनि पेनाल्टी सुट आउटमा प्रथम स्थान हाँसिल गर्ने टिमलाई नगद १ लाख १ हजार एक सय ११ रुपैयाँ, उपविजेता टिमलाई ५१ हजार एकसय ११ रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई ५ र ५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
महिला समूहअन्र्तगत पेनाल्टी सुट आउटमा प्रथम स्थान हाँसिल गर्ने टिमलाई नगद ५१ हजार, उपविजेता टिमलाई २५ हजार पाँचसय रुपैयाँ, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई दुई हजार पाँचसय पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
पेनाल्टी सुटआउट प्रतियोगिताका लागि ३५ वर्षभन्दा माथि उमेर (भेट्रान) समूहका लागि पाँच हजार पाँच सय, ३५ वर्ष भन्दा मुनि समूहका लागि पाँच हजार र महिला समूहका लागि २५ सय इन्ट्री शुल्क निर्धारण गरिएको छ।
त्यही कार्यक्रमअन्र्तगत १५ हजार मिटर खुल्ला दौड प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ । जुन प्रतियोगितामा विभागिय टिम बाहेक कैलाली जिल्ला भरिका इच्छुक प्रतियोगिले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, दोस्रो पुरस्कार १५ हजार, तेस्रो पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाँच हजार रहेको छ । कार्यक्रम आयोजनाका लागि ३३ लाख ८४ हजार ३८८ रुपैयाँ बजेट खर्च हुने जनाइएको छ ।