विद्याले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

विद्याले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं : प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छिन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई सिंहदरबारस्थित संसद सचिवालयमा दिउँसो १ बजे शपथ गराएकी हुन्।

मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की-२ बाट भट्टराई विजयी भएकी थिइन्। उनले ८ हजार ४ सय तीन मतअन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गर्दै जीत हात पारेकी थिइन्।

विद्याले उपनिर्वाचनमा २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका थिए। 

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदका लागि कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रविन्द्रकी पत्‍नी विद्यालाई उम्मेदवार बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.