साग पदक विजेता खेलाडीलाई गृहनगरमा सम्मान
महेन्द्रनगर : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगतामा कञ्चनपुरबाट पदक विजेता खेलाडीलाई गृहनगरमा सम्मान गरिएको छ । कञ्चनपुर घर भएका पाँचजना महिला तथा पुरुष खेलाडीले सागमा स्वर्ण जितेका छन्। कञ्चनपुरबाट भारोत्तलन, कवड्डी र कुस्तीमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई भीमदत्तनगरपालिका ७ ले मङगलबार सम्मान गरेको हो।
सम्मानित हुनेमा सागमा कुस्तीतर्फका निर्मला जागरी, अम्बिका भण्डारी, भारोत्तलनका पदक वजेता सागर भण्डारी र विशाल विष्ट र खोखो खेलका सन्तोषसिंह बोहरालाई सम्मान गरिएको छ।
वडा कार्यालयले साग महिला कवड्डी टिमका सहायक प्रशिक्षक विश्णुदत्त भट्ट, कुस्ती प्रशिक्षक राजेन्द्र चन्द र भारोत्तलनका प्रशिक्षक जीवन गौतमलाई पनि सम्मान गरेको हो ।
यस्तै कृष्णपुर नगरपालिकाले पनि नगरपालिका क्षेत्रबाट सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । कृष्णपुर नगरपालिकाका सुचना अधिकृत प्रेम बोगटीले कृष्णपुरमा तेक्वान्दोमा स्वर्ण पदक विजेता खेलाडी वीरबहादुर महरालाई ५१ हजार नगर र तेक्वान्दोका रजत विजेतत मनोज मल्ललाई ३० हजार नगदसहित सम्मान गरेको बताए।
नेपाली कुस्तीको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी भीमदत्तनगरपालिका ३ का संगिता धामीलगायत पदक विजेता खेलाडी वडा ३ ले आइतबार सम्मान गरेको थियो । सम्मानपछि खेलाडीले सम्मान पाउँदा खेलप्रति हौसला मिलेको प्रतिक्रिया दिएका छन्।