स्वर्ण विजेता कमल श्रेष्ठलाई अर्घाखाँचीमा सम्मान

स्वर्ण विजेता कमल श्रेष्ठलाई अर्घाखाँचीमा सम्मान

सन्धिखर्क : सन्धिखर्क नगरपालिका –१२, डिभर्ना स्थायी घर भएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजा सहित सम्मान गरिएको छ ।  दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई अर्घाखाँचीबासीले भव्य स्वागत गरेका छन् । 

उनले तेक्वान्दोको पुम्से (एकल २४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समुहगत विधामा कास्य पदक जितेका थिए । उनलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सदरमुकाम सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फुलमाला, अबिर, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका हुन्। 

सम्मान कार्यक्रममा बोल्दै स्वर्ण विजेता कमल श्रेष्ठले जिल्लामा पाएको सम्मानले आत्मबल बढेको बताए । ‘यति धेरै सम्मान पाउँछु भन्ने सोचेकै थिएनँ', उनले भने, ‘ यो सम्मानले मेरो आत्मबल उच्च भएको छ ।’  

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै सम्मान पत्र, खादा र फूलमालाले सम्मान गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.