‘ए’ डिभिजन लिग : एनआरटीको सानदार जित

‘ए’ डिभिजन लिग : एनआरटीको सानदार जित

काठमाडौं : एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सानदार जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो। एनआरटीको जितमा सरोज तामाङले दुई तथा विदेशी खेलाडी जुनियर निकेनग्ये र जोर्डन एनडेम्बाले एकएक गोल गरे।

पहिलो हाफमा एक गोल गरेको एनआरटीका लागि ४०औं मिनेटमा जुनियरले खाता खोलेका थिए। त्यसपछि सरोज तामाङले ६९औं र ८१औं मिनेटमा दुई गोल गरेका थिए। जोर्डनले ९०औं मिनेटमा गोल गर्दै एनआरटीलाई फराकिलो जित दिलाए। पहिलो हाफमा औसत प्रदर्शन गरेको सरस्वतीले दोस्रो हाफमा भने लय गुमाएको थियो। पहिलो हाफमा सरस्वतीले तीनवटा उत्कृष्ट अवसर गुमाएको थियो। दुई गोल गरेका सरोज म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरुस्कार पाए।

एनआरटीले सरस्वतीसँग अघिल्लो लिगमा खेपेको हारको बदलासमेत लिएको छ। गत वर्ष एनआरटी सरस्वतीसँग २–१ गोलले पराजित भएको थियो। जितसँगै एनआरटीले तीन अंक बनाएको छ। तर एनआरटीको लागि यसमा एक अंक मात्र पाउनेछ। अघिल्लो सिजन लिगको अन्तिममा परेकोले एनआरटीको दुई अंक घटुवा हुनेछ। खेलपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पहिलो खेलमा खेलाडीको प्रदर्शन र नतिजा राम्रै रहेको बताए। ‘आज खेलाडीले ठीकै खेले। टिम सेट भएपछि विस्तारै सुधार हुनेछ,’ शाक्यले भने। सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले पहिलो हाफमा पाएको मौका गुमाउँदा हार खेपेको बताए।

यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोलीको नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। पुलिसले लगातार मौका बनाए पनि गोल गर्न सकेन। अनुभवी पुलिसविरुद्ध रक्षात्मक रणनीति अपनाएको हिमालयन शेर्पा आफ्नो रणनीतिमा सफल भयो। शेर्पाका आशिष गुरुङ म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले अवसर पाए पनि गोल नहुँदा अंक बाँड्नु परेको बताए। ‘पुलिसको प्रदर्शन विगतको जस्तो छैन। हामी विस्तारै साख फर्काउने प्रयासमा छौं। आगामी खेलमा व्यापक सुधार हुनेछ,’ अनन्तले भने। शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले पुलिस जस्तो बलियो टोलीसँग अंक बाँड्न सक्नु टोलीको सफलता रहेको बताए। 
               


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.