सुदूरपश्चिम महोत्सवको अवधि थपियो

सुदूरपश्चिम महोत्सवको अवधि थपियो

धनगढी : मंगलबार धनगढीको मौसम हुस्सुसँगै आकासमा बादल लागेपछि चिसो बढेको छ। प्रतिकुल मौसमका बाबजुद पनि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरू उर्लिएपछि महोत्सवको अवधि थपिएको छ।

प्रतिकुल मौसमका वावजुद पनि महोत्सवमा हरेका दिन उत्तिकै दर्शकको चाप रहने गरेको आयोजक कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जानकारी दिए। दसौँ दिनसम्म दुई लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवसायी र दर्शकको मागलाई मध्यनजर गरी ६ गतेसम्म थपिएको छ। ‘दुई दिनको वर्षाका कारण महोत्सव प्रभावित भयो’ महासचिव विष्टले भने, ‘त्यसकारण महोत्सव ४ दिन पर सारेको हो।’

मंगलबार दसौँ दिन महोत्सवमा दिनभर स्थानीय कलाकारले विभिन्न प्रस्तुति दिए। दिनभर स्थानीय कलाकारसँग रमाएका दर्शक, साँझ ३ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुति सुरु भयो। स्टेजमा गायक प्रमोद खरेल आएसँगै दर्शकको हुटिङ सुरु भयो।

प्रमोदले आफ्नो गायन सुरु गरेसँगै बसेका दर्शक उठेर उनको गीतको तालमा ताल मिलाए। उनले ‘झुमा झल्का पिरती...’, ‘रातो टीका निधारमा..’, ‘यो कुरा गोप्पेमा राखौँला..’, लगायत दर्जनभन्दा बढी गीत गाए। उनको गीतले महोत्सवको माहोल फेरियो। शान्तिपूर्ण बसेका दर्शक पनि उनको गीतमा जमेर नाचे।

यसअघि लोक गायक विष्णु खत्रीले आफ्नो प्रस्तुति राखेका थिए। उनले ‘भरिया दाइले..’, ‘रोधी राम्रो बज्ने मादलले तिमी राम्रो आँखाको गाजले..’, लगायत गीत दर्शकमाझ प्रस्तुत गरेका थिए।

मंगलबारको महोत्सवमा स्थानीय कलाकार ध्वज महरा, रुपा धर्ती, दीपक जोशीलगायतले आफ्नो प्रस्तुति गरेका हुन्। महोत्सवमा विभिन्न विद्यालय तथा क्लबको नृत्य पनि प्रस्तुत गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.