सकियो धावनमार्ग जीर्णोद्वार

सकियो धावनमार्ग जीर्णोद्वार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्वार गर्ने काम तोकिएको समयावधिभन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ। धावनमार्गको कालोपत्र उक्काएर सबै नयाँ बनाउने काम अर्थात् रनवे जीर्णोद्वार भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलको धावनमार्गको पिच उप्काएर २६ सेन्टिमिटरसम्मको मोटाइमा कालोपत्रे गरेको छ। ३ हजार मिटरको धावनमार्ग र विमानस्थलको ट्याक्सी वेको जीर्णोद्वार सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना निर्देशक मुरारी भण्डारीले जानकारी दिए।

पहिलोपटक भएको पूर्णजीर्णोद्वारले धावनमार्गको मर्मत अब कम्तीमा २० वर्षलाई ढुक्क भएको प्राधिकरणको भनाइ छ। यस अघि वर्षात्को मौसम लागेपछि धावनमार्गको पिच उप्कने र बेलाबेलामा मर्मतका लागि विमानस्थल बन्द गर्नुपर्ने समस्या थियो। अब भने यो विमानस्थल २४सै घण्टा सञ्चालन गर्न सकिएको अवस्थामा पनि धावनमार्ग मर्मतमा भने १० वर्ष गर्नु नपर्ने प्राधिकरणले जानकारी दिएको छ।

सन् १९७५ मा यो धावनमार्गलाई स्तरीकरण गरेर ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको बनाइएको थियो। यो विमानस्थलमा बोइङको बी ७७७ र एयरबसको ए ३३० क्षमतासम्मका जहाज उडान तथा अवतरण गर्न सक्छन्। हाल दैनिक १७ घण्टामात्रै सञ्चालनमा रहेको यो विमानस्थलको मर्मतपछि अब आगामी १ जनावरी २०२० देखि २१ घण्टा सञ्चालन गरिने पनि प्राधिकरणका उपनिर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

यस अघि प्राधिकरणले सन् २००९ देखि सन् २०११ सम्ममा धावनमार्गमा कालोपत्रे थप गर्ने काम भएको थियो। सन् २०१३ देखि थपिएको कालापत्रे बेला बेलामा उप्कने समस्या आउन थालेको थियो भूकम्पले धावनमार्गको भित्री भाग पनि कमजोर बनाएकाले पहिलोपटक पूर्णरूपमा धावनमार्ग मर्मत गरेको उल्लेख छ।

प्राधिकरणको निर्देशक भण्डारीका अनुसार यो विमानस्थको धावनमार्ग तथा ट्याक्सी वे मर्मत गर्ने जिम्मा प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजि इन्टरनेसनल कर्पोरेसन (एभिक)लाई दिएको थियो। ठेकेदार कम्पनी एभिकले तोकिएको समयभन्दा ३ महिना अगाडि नै धावनमार्ग निर्माणको काम सकेर मंगलबार प्राधिरकणलाई हस्तान्तरण गरेको छ। यो कम्पनीले पहिलो चरणमा सन् २०१९ को १ अप्रिलदेखि ३० जुनसम्मको ३ महिनामा राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग जीर्णोद्वारको काम गरेको थियो।

दोस्रो चरणमा १ सेप्टेम्बर देखि १६ डिसेम्बरसम्मको साढे ३ महिना राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म ट्याक्सी वे जीर्णोद्वारको काम गरेको जानकारी भण्डारीले दिए। यो विमानस्थलको धावनमार्ग तथा ट्याक्सी वे जीर्णोद्वारको सबै काम सकिएको र अबको एक सातामा लाइटिङ तथा फिनिसिङको थप काम पनि सक्ने भएको छ। धावनमार्ग, ट्याक्सी वे, लाइटिङसहितको सबै काम गर्ने जिम्मा भने एभिकले ५ मे २०२० सम्मलाई पाएको भए पनि समग्रमा सबै काम भने ५ महिना अगाडि नै सकेर हस्तान्तरण गरेको जानकारी श्रेष्ठले दिए। यो कम्पनीको १८ महिनासम्म भने मर्मत दायित्व अवधि रहेको प्राधिकरणको भनाइ छ।

मंगलबार एभिकले समयमा नै काम सम्पन्न गरेर यो आयोजना प्राधिकरणलाई हस्तान्तरण गरेको पनि छ। प्राधिकरणले एभिकलाई धावनमार्ग जीर्णोद्वार गर्न करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्चेको छ।

धावनमार्ग जीर्णोद्वारको काम गर्नुपर्ने भएकाले यसअघि ६ महिनासम्म रातको समयमा पूर्ण रूपमा वायुसेवाको उडान तथा अवरण बन्द गरिएको थियो। यो काममा सबै आन्तरिक र विदेशी वायुसेवाले गरेको सहयोगका कारण समयमा नै विमानस्थलको स्तरोन्नति गर्न सम्भव भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। प्राधिकरणले अझै अन्तर्राष्ट्रिय उडानका विभिन्न २२ वटा जहाज एकैपटक पार्किङ गर्न सक्ने गरी पार्किङ क्षेत्र विस्तारसहितको काम गर्दै छ। विमानस्थलको सुधार तथा मर्मतमा भएको अहिलको कामले भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेछ। भ्रमण वर्षलाई लक्षित गरेर २०२० को मा विमानस्थल २१ घण्टासम्म खुला गरिने प्राधिकरणको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.