अमेरिकाले दिएका दुवै जहाज सेनालाई हस्तानान्तरण

अमेरिकाले दिएका दुवै जहाज सेनालाई हस्तानान्तरण

काठमाडौं : अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक बुधबार नेपाली सेनालाई औपचारिक रुपमा हस्तानान्तरण गरिएको छ। दुवै जहाज मंसिर २२ मा काठमाडौंमा अवतरण गरेका थिए। 

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो। विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग हुनेछ। समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने  दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्।

पहिले बेलायतले दिएका दुईवटा स्काइ ट्रकमध्ये एउटा अप्रेशनमा छ भने अर्को बिग्रिसकेको छ। स्काइ ट्रक नहुँदा आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारमा समस्या हुँदै आएको छ। 

नेपाली सेनासँग रहेका जहाज हेलिकोप्टरमध्ये १० वटा चालु हालतमा छन् भने सातवटा मर्मतका लागि ग्राउन्डेड छन्। एउटा एभ्रो जहाज र स्काइ ट्रक लिलामीको प्रक्रियामा छन्। 

केही समयअघि मात्र सेनाले भीभीआइपी उडानका लागि विशेष हेलिकोप्टर ल्याए पनि त्यो संचालनमा आएको छैन। सेनाले हालै ल्याएको अर्को कार्गो जहाज पनि व्यवसायिक संचालनमा आएको छैन। 

२०७४ पुस ६ गते सरकारले नेपाली सेनाका लागि यी दुई जहाज लिने निर्णय गरेको थियो। यी दुई जहाजको मूल्य २ करोड १८ लाख रहेको छ।  नेपाली सेनाले खरिद गरेको कार्गो जहाज गत कात्तिक १६ गते काठमाडौं आइपुगेको थियो। इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५(२२० विमानको मूल्य  ३० मिलियन अमेरिकी डलर रहेको छ।

त्यसैगरी भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर असोज २ गते काठमाडौं आइपुगेको थियो। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर करिब डेढ अर्ब रहेको छ। राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.