यी हुन् नियुक्त भएका नयाँ राजदूत
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ र तीन मुलुकका आवासीय नेपाली राजदूत (स्थायी प्रतिनिधि)लाई विभिन्न मुलुकको गैह्रआवासीय राजदूतमा बुधबार नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैह्रआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।