अलपत्र बालिकाको उद्दार

अलपत्र बालिकाको उद्दार

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर बजारमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ। बिहीबार बिहान महेन्द्रनगरबाट बाजुराकी १५ वर्षीया राधिका शाहीलाई स्थानीयले उद्धार गरेका हुन्। 

गाडी चालकले महेन्द्रनगर बसपार्कबाट रिक्सामा चढाएर भीमदत्तनगरस्थित सब्जीमण्डीमा संगीताको मासु पसलमा पठाएको ती बालिकाले बताएकी छिन्। शब्जीमण्डीमा संगीता विष्टको मासुपसल नभेटिएपछि उनी अलपत्र परिकी थिइन्।उनलाई बजारमा अलपत्र अवस्थामा भेटेपछि उद्धार गरिएको हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए । उनले वडा प्रहरीलाई खबर गरेपनि प्रहरीसँग डराएपछि उनलाई महिला सेभ हाउसमा राख्ने तयारी भइरहेको बताए।

'हामीले सब्जीमण्डीमा संगीता विष्टको मासुपसल खोज्दा भेटेनौं, चन्दले भने, 'उनलाई महिला सेभ हाउसमा राख्ने तयारी भइरहेको छ ।' अध्यक्ष मदन चन्दका अनुसार आमाको मृत्युपछि बुवाले कुटपिट गर्ने गरेको ती किशोरीले बताएकी छिन्।

घरमा बुवाले कुटपिट गर्न थालेपछि आन्टीले बसमा महेन्द्रनगर पठाइ दिएको उनले बताइन्।ती किशोरीलाई बेचबिखनका लागि भारततर्फ लगिन लागेको हुनसक्ने आशंका गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.