त्रिविका ७० हजार विद्यार्थी दिक्षित

त्रिविका ७० हजार विद्यार्थी दिक्षित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका ७० हजार विद्यार्थी दिक्षित भएका छन्।बिहीबार पुलचोक इन्जिनियरिङ कलेजको प्रांगणमा दिक्षान्त समारोह आयोजना गरेको थियो।तर, १० हजार विद्यार्थीले मात्र दिक्षान्तको फाराम भरेका थिए।

दिक्षान्त समारोहमा विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधिक मन्त्री गिरिराजमणि पोखरेलले भने, 'विश्वविद्यालयबाट धेरै विद्यार्थीले प्रमाणपत्र लिएपनि यहाँको शिक्षा स्तरिय नभएको धेरैको गुनासो छ । यसका लागि विश्वविद्यालय प्रशासन गम्भीर हुनुपर्छ ।'

पोखरेलले गुणस्तरीय र निःशुल्क शिक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताए।उनले संविधानमा मौलिक हकअन्तर्गत कक्षा आठसम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख छ ।

तर निःशुल्क शिक्षाको कानुनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन । पोखरेलले भने, 'विस्तारै संविधानको लाइन अनुसार काम गर्दैछौं ।' शिक्षालाई सेवामुलक बनाउने अभियानमा सरकार रहेको पनि उनले बताए । 

विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले बजेट अभावमा त्रिविको शैक्षिक, भौतिक तथा प्रशासनिक कामलाई चुस्त बनाउन नसकिएको गुनासो गरे । कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहको विभिन्न सङकायमा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.