शाकाहारीमा भिटामिन बि-१२ को कमी किन बढी हुन्छ ?

शाकाहारीमा भिटामिन बि-१२ को कमी किन बढी हुन्छ ?

काठमाडौं : भिटामिन एक यौगिक रसायन हो । जुन मानव शरीरका लागि अत्यन्त महत्वपूर्ण छ । स्वस्थ शरीरका लागि भिटामिनको आवश्यक पर्दछ । यस्ता धेरै भिटामिन छन् जसलाई हाम्रो शरीरले आफै बनाउन सक्दैन । शरीरले बनाउन नसक्ने यस्ता कतिपय भिटामिन खाना वा अरु कुनै माध्यमबाट शरीरले लिने गर्दछ । विशेषगरी शरीरमा भिटामिनको मात्रा बढाउन खानाको महत्व हुन्छ ।

छोटो समयका लागि भिटामिनको कमीले शरीरमा खासै असर भने पुर्‍याउँदैन । हाम्रो शरीरले केही भिटामिन सञ्चय गरेर राखेको हुन्छ । जब शरीरलाई आवश्यक पर्ने भिटामिन लामो समयसम्म शरीरले पाउँदैन, अनि अनेकौ रोगहरु लाग्न सुरु हुन्छ । 

हाम्रो शरीरलाई चाहिने अन्य भिटामिनमध्ये भिटामिन बि -१२ पनि एक हो । यो एकदमै महत्वपूर्ण भिटामिन हो । भिटामिन बि-१२ ले नसा वा स्नायु, रेड ब्लड सेल उत्पादनमा मद्धत गर्छ । भिटामिन बि-१२ लाई 'कोबलामिन' पनि भनिन्छ। 

भिटामिन बि-१२ पानीमा सजिलै मिश्रित हुने किसिमको भिटामिन हो । यो शरीरमा रगत प्रवाहको माध्यमबाट सजिलै जान सक्छ । मानव शरीरले ४ वर्ष सम्मका लागि भिटामिन बि-१२ सञ्चय गरी राख्न सक्दछ । 

शरीरलाई स्वस्थ राख्न भिटामिन बि-१२ को मुख्य भूमिका  हुन्छ । यो सबैभन्दा ठूलो र सबैभन्दा संरचनात्मक जटिल भिटामिन हो । यो मासुजन्य पदार्थमा पाइन्छ। शाकाहारीले भिटामिन बि-१२ को अभावमा जोखिम सामना गर्छन् । किनकि शाकाहारीको खानामा कुनै पनि किसिमको मासु समावेश गरिएको हुँदैन् । यसैगरी गर्भावस्था र दुग्धपान शाकाहारीमा कमी हुनसक्छ । फलफूल वा सागपातमा लामो आयू वा अवधिको स्वास्थ्य मूल्याङकन गर्ने पर्याप्त कोबालामिन हुँदैन ।  

जवान शरीरमा दिनहुँ लगभग १.५ माइक्रोग्राम्स भिटामिन बि -१२ चाहिन्छ । यो मासु, माछा, अण्डा र दुग्धजन्य उत्पादनमा पाइन्छ । तर फलफूल, तरकारी वा अन्य अन्नहरुमा पाइदैन्। 

त्यसैले शाकाहारी खाना खानेहरुले सुदृढ वा पूरक खाने सल्लाह चिकित्सकहरु दिन्छन् । बि-१२ को कमी जसले स्नायु क्षति निम्त्याउँछ, यसका लक्षणहरु देखा पर्न पनि तीन चार वर्ष लाग्छ । सामान्यतया हात र खुट्टामा पिन र सुइको रुपमा देखा पर्छ । 

भिटामिन बि-१२ को कमीका कारण देखिने समस्या

–टाउको दुख्नु ।

–कान कराउनु ।

–मुखमा अनावश्यक घाउ आउनु ।

–मुटुको धड्कन बढ्नु । 

–पाचन शक्‍ति कमजोर हुनु ।

–भूल्ने बानी बढ्नु ।

–शरीरमा रगतको कमी हुनु ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.