सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
बिहीबार अपरान्ह चार बजे सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा तथा नेताहरुले बोलिरहेका छन्। संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रियसभा सदस्यको निर्वाचन, मधेसवादी दलहरुसँग सरकारले गरेको सम्झौतालगायतका विषयमा छलफल भएको बुझिएको छ। सरकारले बहुमतको आडमा पेलेर जान खोजेकाले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्।
अघिल्लो बजेट अधिवेशनमा कांग्रेसले संसद् बैठकमा निरन्तर अवरोध गरेको थियो।