दासको मूल्य कति ?

दासको मूल्य कति ?

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता अमेरिकामा पश्चगमनको हावा बेस्कन चल्न थालेको कुरा उनका आलोचकले भन्दै आएका छन्। यो हावाले मिसौरी राज्यका एक जना शिक्षकलाई पनि छोएछ। 

सेन्ट लुइस शहरको बेल्ड्स इलिमेन्टरी स्कुलका एक जना शिक्षकले आफ्ना विद्यार्थीलाई ‘सांस्कृतिक रूपमा असंवेदनशील’ विषयमा गृहकार्य गर्न लगाए। पाँच कक्षाका विद्यार्थीलाई दासको मूल्य तोक्ने गृहकार्य दिइएको थियो। अमेरिकी इतिहासको धमिलो र दुःखद अध्यायका रूपमा रहेको दास युगमा दासहरूको किनबेच हुन्थ्यो। नाम नखुलाइएका ती शिक्षकले विद्यार्थीलाई दासको मूल्य तोक्न लगाएका थिए। 

उनले विद्यार्थीलाई दिएको प्रश्न यस्तो थियो– ‘मानिलिऊ, तिम्रो जग्गाजमिन धेरै छ। खेती गर्नका लागि तिमीलाई थुप्रै मजदुर आवश्यक पर्छन्। तिमी दास किनबेच उद्योगमा सरिक भएका छौ। खेती गर्न थुप्रै दास राखेका छौ। तिमीलाई दास बेच्नु छ। अब एक जना दासको मूल्य कति राख्छौ ? मूल्य चर्को पनि राख्न सक्छौ। कुनै पनि वस्तुसँग तिमी दासलाई बेच्न सक्छौ।’ 

सांस्कृतिक रूपमा असंवेदनशील भएको भन्दै अभिभावकहरूले शिक्षकको आलोचना गरेपछि प्रधानाध्यापक जेरेमी बुकर सचेत भए। उनले ती शिक्षकलाई बर्खास्तै चाहिँ  गरेनन्, तर केही दिनको बिदा बस्न लगाए। 

प्रधानाध्यापक बुकरले अभिभावकहरूसँग सार्वजनिक रूपमा क्षमा मागे। ‘यस्तो गृहकार्य दिनु गलत थियो,’ उनले भने, ‘ती शिक्षकले अहिले पछुतो मानिरहेका छन् । हामी सबै विद्यार्थी र परिवारका मूल्य–मान्यतालाई सम्मान गर्छौं।’ 

एक जना अभिभावक एन्जेला वाकरले सञ्चार माध्यमसँग आफू स्तब्ध भएको बताइन्। ‘हामी सांस्कृतिक रूपमा संवेदनशील हुनुपर्छ,’ उनले भनिन्, ‘यो फगत गृहकार्य हो भनेर पन्छिन मिल्दैन। सय वर्षअघि अमेरिकामा दास किनबेच हुन्थ्यो। दासहरूका परिवार अहिले पनि छन्। उनीहरूलाई चोट पुर्‍याउने अधिकार कसैलाई छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.