महाभियोग खेप्ने ट्रम्प तेस्रो राष्ट्रपति, सिनेटबाट पारित हुने सम्भावना न्यून

महाभियोग खेप्ने ट्रम्प तेस्रो राष्ट्रपति, सिनेटबाट पारित हुने सम्भावना न्यून

वासिङ्टन डिसी : अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड जे ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव संसद्को तल्लो सदनमा बहुमतबाट पारित भएको छ। डेमोक्र्याटिक पार्टीको बहुमत रहेको हाउस अफ रेप्रिजेन्टिेटिभले महाभियोग प्रस्ताव पारित गरेको हो। प्रस्ताव माथिल्लो सदन (सिनेट) मा प्रस्तुत हुन बाँकी छ। सिनेटबाट पनि पारित भएमा ट्रम्प कार्यकाल नसकिँदै राष्ट्रपति पदबाट बिदा हुनेछन्।

सिनेटमा रिपब्लिकनले साथ दिएमा उनी महाभियोगबाट बच्नेछन्। रिपब्लिकन सांसदहरूले भनेका छन्, ‘महाभियोग तुच्छ काम हो।’ सिनेटमा रिपब्लिकनको बहुमत छ। त्यसैले महाभियोग प्रस्ताव पारित हुने सम्भावना न्यून छ। तल्लो सदनको निर्णयपछि ह्वाइट हाउसले वक्तव्य जारी गर्दै सिनेटमा हुने सुनुवाइले राष्ट्रपति निर्दोष साबित हुने दाबी गरेको छ।

तल्लो सदनमा महाभियोग खेप्ने ट्रम्प तेस्रा राष्ट्रपति हुन्। अमेरिकी तल्लो सदनमा यसअघि सन् १८६८ मा एन्ड्र्यु जोन्सनविरुद्ध र सन् १९९९ मा बिल क्लिन्टनविरुद्ध मतदान भएको थियो। दुवै पटक सिनेटले प्रस्ताव अस्वीकृत गरेको थियो। राष्ट्रपति रिचर्ड निक्सनविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाइए पनि उनले मतदानपूर्व नै पदबाट राजीनामा दिएका थिए।

राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेर आफ्ना राजनीतिक प्रतिस्पर्धी जोय वार्डडेनमाथि अनुसन्धानका लागि युक्रेनलाई दबाब दिएको तथा अमेरिकी सुरक्षा सहायता र ह्वाइट हाउसको बैठक रोकेको आरोप छ। यस्तै अनुसन्धानमा बाधा पु¥याएको र उपस्थितिका लागि दिइएको सूचना अवज्ञा गरेको आरोप पनि उनीमाथि छ। महाभियोग लगाउनुपर्ने दुई आरोपमा बुधबार दिनभर छलफलपछि मतदान भएको थियो।

पहिलो कारणमा मतदान हुँदा पक्षमा २३० र विपक्षमा १९७ मत परेको थियो। राष्ट्रपति ट्रम्पको समर्थनमा दुई डेमोक्र्याट उम्मेदवार उभिएका छन्। सबै रिपब्लिकनले ट्रम्पकै पक्षमा मतदान गरेका थिए। दोस्रो कारणका पक्षमा २२९ मत र विपक्षमा १९८ मत परेको थियो।

राष्ट्रपति ट्रम्पले प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै महाभियोग लगाउने विषयमा धज्जी उडाएका छन्। उनले आफूले गल्ती नगरेको र महाभियोग प्रस्ताव हास्यास्पद रहेको बताएका छन्। पत्रमा ट्रम्पले लेखेका छन्, ‘तपाईं अमान्य महाभियोगको प्रक्रिया अगाडि बढाउँदै हुनुहुन्छ। तपार्इंले संविधानप्रतिको निष्ठा तोड्दै हुनुहुन्छ। यो अमेरिकी प्रजातन्त्रविरुद्ध खुला युद्धको घोषणा हो।’

वासिङ्टन डीसीमा महाभियोगबारे मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प भने ब्याटल क्रिक, मिसिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभामा सम्बोधन गर्दै थिए। ‘हामी मिसिगनमा रोजगार बढाउँदै छौं। कंग्रेसका अतिवादीहरू ईष्र्या र घृणाले ग्रस्त छन्,’ ट्रम्पले भनेका छन्। ट्रम्पले राष्ट्रपति पद सम्हालेदेखि नै डेमोक्र्याटहरूले महाभियोग लगाउने शंका थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.