नेफ्स्कुनमा नयाँ नेतृत्व, अध्यक्षमा पौड्याल, महासचिवमा अधिकारी
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ –नेफ्स्कुन)मा नयाँ नेतृत्व चयन भएको छ। संघको २८ औं वार्षिक साधारणसभाले परितोष पौड्यालको अध्यक्षतामा आगामी चार वर्षका लागि १९ सदस्य सञ्चालक समिति चयन भएको हो।
नेफ्स्कुनको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा दामोदर अधिकारी, कोषाध्यक्षमा दिपक पनेरु निर्वाचित भएका छन्। सञ्चालकमा रिना आचार्य, मन्दिरा मिश्र, विद्या कोइराला निर्वाचित भएका छन्। खुला सदस्यमा घनश्याम अधिकारी, न्छुछेनारायण श्रेष्ठ, जनक खत्री, चण्डिप्रसाद शर्मा पौडेल निर्वाचित भएका छन्।
त्यसैगरी प्रदेशगत सञ्चालक सदस्यमा प्रदेश नं. १ बाट गोमा नेपाल, प्रदेश नं. २ बाट हरेराम प्रसाद , प्रदेश नं. ३ बाट जिवसराज खड्का, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, प्रदेश नं. ५ बाट सन्दिप सापकोटा, कर्णाली प्रदेशबाट यज्ञप्रसाद ढकाल, सुदुर पश्चिम प्रदेशबाट माधवप्रसाद जोशी निर्विरोध भएका छन्।
नवराज सापकोटाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ। लेखा समिति सदस्यमा शुसिलकुमार बस्नेत र सुभद्रादेवी महतो निर्वाचित भएका छन्। निर्वाचन आयुक्त अधिबक्ता रामचन्द्र सिम्खडाका अनुसार अध्यक्ष पद र सञ्चालक चार सदस्य खुला पदका लागि निर्वाचन भएको थियो। अन्य पदमा निर्विरोध भएको थियो।