सुदूरपश्चिम महोत्सववमा उर्लिए दर्शक

सुदूरपश्चिम महोत्सववमा उर्लिए दर्शक

धनगढी : सुदूरपश्चिम महोत्सवमा शनिबार अवलोकन गर्ने दर्शकको संख्या बढेको छ। १४ दिनको महोत्सव अवधिभर सबै भन्दा बढी दर्शक शनिबार उपस्थित भएका हुन्। 

संघीय प्रहरी इकाईको खेल मैदानमा जारी महोत्सवमा दर्शकको  चाप भएपछि आयोजक कैलाली उद्योग वाणिज्य संघलाई भिड नियन्त्रण गर्न कठिन भएको छ। आयोजकले टिकट बिक्री बन्द गरेर भिड नियन्त्रणको प्रयास गरेको छ।

महोत्सवमा शनिबार गायक टंक बुढाथोकी, अशोक दर्जी र आरएन बुढाथोकीले दर्शकलाई नचाए भने हास्य कालाकार पल्पसा डंगोल(चम्सुरी), निरु खड्का (निर्मली) हसाएँ।

आयोजक अनुसार शनिबार ३५ हजार बढी दर्शकले अवलोक गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले अहिलेसम्म महोत्सवमा ६ करोड बढीको कारोवार भएको बताए। 

महोत्सवले गर्दा धनगढीको ट्राफिक व्यवस्था दिनभर प्रभावित भएको थियो। महोत्सव भित्र मात्र होइन वाहिर पनि त्यतिकै मान्छे रहेका थिए। मंसिर २२ देखि सुरु भएको महोत्सव पुष ६ गते समापन हुँदै छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.