नुवाकोटमा मिनिट्रक दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

नुवाकोटमा मिनिट्रक दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको मुलथलानजिकै आइतबार कामदार बोकेको मिनिट्रक दुर्घटना हुँदा २ मजदुरको घटनास्थलमै ज्यान गएको छ भने चालकसहित ६ जना सख्त घाइते भएका छन्। 

विदुर नगरपालिका ६ मुलथला नजिकै कमेखोलामा मुलथलाबाट चैनपुरतर्फ जाँदै गरेको नागार्जुन कन्ट्रक्सनको वा २ क ७९१० नम्बरको मिनिट्रक बिहान करिब ८ बजेतिर घुमाउरो सडकबाट एकसय मिटर तल खसेको थियो।

दुर्घटनामा रसुवा घर भएका चाइनिज उपनामले चिनिने १८ वर्षीय सुदीप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । 

घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली र वट्टस्थित सन्जिवनी पोलिक्निकमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौ पठाइएको डीएसपी थापाले बताए। 

चालकको लापरवाहीका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक विकल भट्टराइले जानकारी दिए ।घाइतेको उद्दार स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा गरिएको  थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.