विस्थापित अनाथलाई पक्की घर

विस्थापित अनाथलाई पक्की घर

सिन्धुली : दुधौली नगरपालिका ११ पत्रिंगा सिन्धुलीकी सिर्जना परियारले आफू जन्मिएको एक साता नहुँदै आमा गुमाइन्। परियारलाई दुई वर्ष भन्दाबढी बुबाको काख पनि मिलेन। भाग्यको खेला हो या दैवको लिला।

सिर्जना जन्मिँदा प्रसव पीडामा रहेकी आमा लिलामाया परियारको एक साता नहुँदै मृत्यु भएको थियो। लिलाको मृत्यु हुँदा सिर्जनाका बुबा ज्ञानबहादुर क्यान्सरपीडित थिए। उनले पनि क्यान्सरलाई जित्न सकेनन्। सिर्जनाले दुई वर्षको नहुँदै बुबा पनि गुमाइन्। उनी अहिले १२ वर्षकी भइन्। उनका दुई दाजु १६ वर्षका मिलन र १४ वर्षका अनिल छन्।

सिर्जना जन्मिएको घर डाँडाटोल पत्रिंगामा एक टुक्रा ऐलानी जमिनमा थियो। सिर्जना र उनका दाइ आमा र बुबाको मृत्युपछि उपचारमा लागेको ऋण तिर्न नसकेर भएको झुप्रो घर पनि साहुलाई छाडेर विस्थापित भए। उसै त नाबालक, गरिबी, अभाव र पीडामा सिर्जना, मिलन र अनिलले गाउँमा कतैबाट साथ पाएनन्। जेठा दाइ मिलनले भाइ अनिल र बहिनी सिर्जनालाई लिएर कटारी नगरपालिका १ बेलसोत उदयपुरस्थित मामाघर शरण लिन पुगे।

स्थानीय विद्यालयमा कक्षा तीनमा पढ्दै गरेका मिलन र कक्षा १ मा पढ्दै गरेका अनिलको पढाइ विस्थापित भएसँगै बन्द भयो। सिर्जनाले पढ्ने अवसर नै पाइनन्। तर १२ वर्षमा खोलो पनि फर्कन्छ भने झैं अनाथ परियार दाजुबहिनीमा केही खुसी फर्किएका छन्। विस्थापित भएको झन्डै १० वर्षपछि पक्की घर पाएपछि विस्थापित उनीहरू पुनः जन्मस्थलमै पुनस्थापित भएका छन्।

उनीहरूको जीवनमा खुसीको किरण बनेर आएको हो, जुनेली युवा क्लब। गत कात्तिकमा विस्थापित मिलन, अनिल र सिर्जनालाई जन्मथलोमै पुनस्र्थापित गर्ने अठोटका साथ काम थालेको क्लबलाई कांग्रेस सिन्धुलीले समेत सहयोग पुर्‍याएपछि पक्की घर पाएका हुन्। उनीहरूलाई निःशुल्क पठाउने, उपचार गर्नेसमेत व्यवस्था मिलाइएको छ। स्थानीय बलराम कार्कीको संयोजकत्वमा निर्माण सम्पन्न गरिएको दुई कोठे भूकम्प प्रतिरोधात्मक पक्की घर शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनाथ परियारलाई हस्तान्तरण गरेका छन्।

घरबारविहीन भएर विस्थापित भएको १० वर्षपछि घर पाउँदा खुसीले दंग तीनैजनाको आँखामा बुबाआमाको याद र खुसीको भाव दुवै आँसुमा छचल्किएको देखिन्थ्यो। ‘अब काठमाडौं जान्छु। काम सिक्छु अनि भाइ र बहिनीलाई खुसी दिएर पढाउँछु,’ उनले भने।

 दश वर्ष अघि विस्थापीत मिलन, अनिल र सिर्जना आवासको उद्घाटन गर्दै प्रवक्ता शर्माले आवासको चावि सिर्जना परियारलाई हस्तान्तरण गरेका छन्। प्रवक्ता शर्माले सप्ताह, पुराण लगाएको भन्दा ठुलो पुण्य यस्ता अनाथ बालबालिकालाई सहयोग गरेर कमाउन सक्ने समेत बताए। जिउँदोमा देख्न पाउँने भगवान आमा र बुबा गुमाएका परियार दाजुभाई र बहिनीमाथी परेको पिडामा सबैले साथ दिईरहँदा कांग्रेसपनि साथमा जोडिएको शर्माको भनाई छ। अनाथका लागि आवास बनाएर पुनस्थापीत गर्न सकेको प्रति खुसी व्यक्त गर्दै शर्माले भने, ‘जसको सहारा छैन् उसको सहारा चारतारे झण्डा बन्छ भन्ने शन्देश यस कार्यले दिएको छ। अव अनाथ भन्ने ठान्नु हुन्न। उच्च मनोबलका साथ अघि बढ्नु होस तपाईहरुलाई हामी सँधै साथमा हुनेछौं।’

जन्मदिनमा शर्माले गरे सहयोग

प्रवक्ता शर्माले शनिबार अंग्रेजी तारिक अनुसार आफ्नो जन्म दिन परेको भन्दै अनाथलाई खानेपानीका लागि ११ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउँने घोषणा समेत गरेका छन्। ‘अनाथहरुले आवास त पाए तर, करेसामा साग लगाएर खान सिँचाईका लागि ट्युबेल, शौचालयको निर्माण, खाद्यान्न तथा लत्ताकपडा लगायतका व्यवस्था पनि संगसंगै गर्न जरुरी छ। आज संयोगले मेरो जन्म दिन समेत परेकोले मैले थोरै भएपनि सहयोग गरेको हुँ,’ उनले भने।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वलप्रसाद बरालले अनाथहरुलाई निशुल्क पढ्ने व्यवस्था मिलाउँने उल्लेख गरे। अनाथहरुलाई तत्काल खान र लत्ताकपडाको व्यवस्था क्लवले नै गर्ने उक्त क्लवका अध्यक्ष रोहित कार्कीले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.