परराष्ट्रमन्त्रीसँग कांग्रेसको माग : हङकङमा ट्रान्जिट भिषा देउ

परराष्ट्रमन्त्रीसँग कांग्रेसको माग : हङकङमा ट्रान्जिट भिषा देउ

काठमाडौं : नेपाली कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्न माग गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको छ। हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्ने विषयमा नेपाली कांग्रेस संसदीय दलका सचेतकसहितको टोलीले आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटी ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायत नेपाल तरुण दलका पूर्व सचिव एवं नेपाली कांग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सिना, तरुण दलका कोषाध्यक्ष विद्धान गुरुङ, नेपाल मकाउ चेम्बर आफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ, रामकृष्ण श्रेष्ठसहितको टोलीले परराष्ट्र मन्त्री ज्ञवालीलाई भेटी ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाएको हो।

'वर्क प्रमिट' प्राप्त गरी करिब ४ हजार नेपाली युवाहरु रोजगारीका लागि मकाउमा रहँदै आएका छन् । काठमाडौंदेखि मकाउ जान र मकाउदेखि काठमाडौं आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाले कठिनाई भोग्नु परेको छ ।

काठमाडौं- हङकङ-मकाउ-मकाउ-हङकङ-काठमाडौं सबै भन्दा पायक र सहज रुटमा रहेको छ । तर सो रुट भएर यात्रा गर्नका लागि नेपालीलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिषा व्यवस्थाका लागि प्रमुख सचेतक बालकृष्ण खाणले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाका हुन्।

भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिषा नहुँदा नेपालीले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.