शीतलहरले परासीको जनजीवन कष्टकर

शीतलहरले परासीको जनजीवन कष्टकर

परासी : केही दिनदेखि शीतलहर बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सार्वजनिक अपिल निकालेर सर्वसाधारणलाई सचेत गराएको छ । हप्ता दिनदेखि जिल्लामा बाक्लो हुस्सु र मसिनो पानीको थोपासँगै चिसो हावा चलेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोले जनजीवन कष्टकर बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले त्यसबाट जोगिन सर्वसाधारणलाई स्थानीय सञ्चारमाध्यम मार्फत सर्वसाधारणलाई सचेत गराएको हो । चिसोबाट सबैभन्दा बढी सडकमा बस्ने बेसहारा व्यक्ति प्रभावित भएपछि जिल्ला प्रशासनले कम्बल वितरण गरेको छ। स्थानीय तहहरुले चोक÷चोकमा आगो ताप्न दाउरा वितरण गर्न थालेका छन् ।  

चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा विपन्न समुदायको तथ्यांक निकालेर राहतका कार्यक्रमसमेत अघि बढाएको छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले जिल्लामा १० हजारको हाराहारीमा विपन्नको संख्या रहेको बताए ।  

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । विपन्नको संख्या बर्दघाट नगरपालिकामा सबैभन्दा बढी छ । यहाँ २ हजार ९ सय ८७  विपन्न समुदायको संख्या रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यसैगरी रामग्राम नगरपालिकामा १ हजार ५ सय ६४ जना विपन्नको संख्या छ ।

सुनवल नगरपालिकामा ५ सय ६० र सुस्ता गाउँपालिकामा १ हजार ५ सय ७५ विपन्नको संख्या छ । त्यस्तै प्रतापपुरमा १ हजार ३ सय ५०, पाल्हीनन्दनमा ८ सय ५९ र सरावलमा ७ सय ५० परिवार विपन्न समुदायको संख्या रहेको छ । चिसोबाट सबैभन्दा बढी उनीहरु प्रभावित हुने भएकाले सरकारी कार्यालय, स्थानीय तह र संघसंस्थाको समन्वयमा कम्बल र न्यानो कपडा वितरणको व्यवस्था गरिएको प्रजिअ मरासिनीले बताए । 

न्यानो कपडा वितरण अन्तरगत जिल्ला प्रशासन कार्यालयको अनुरोधमा सुस्ता गाउँपालिकाका २ सय बढी विपन्न समुदायलाई निजामती कर्मचारी श्रीमती संघ केन्द्रीय समितिले २ सय थान ब्याल्याङकेट वितरण गरेको छ । 'प्रभावित समुदायलाई कम्बल वितरण गर्न रेडक्रस, विभिन्न संघसंस्था र स्थानीय तहसँग समन्वय गरेका छौं।' राहतका लागि कुनै कमि हुन दिदैनौं । आवश्यकताअनुसार कम्बल वितरण सुरु गरेका छौं, 'प्रजिअ मरासिनीले भने ।

चिसो बढेपछि सडक, सवारीसाधन र सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल न्यून छ । यसैबीच चिसोले मुटु, श्वासप्रश्वास, बाथरोग, कोल्ड डाइरेरिया, निमोनिया, ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो पदार्थ खान चिकित्सकहरुले सुझाव दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.