बसको ठक्करबाट घाइते युवतीको मृत्यु

बसको ठक्करबाट घाइते युवतीको मृत्यु

काठमाडौं : काठमाडौंको धुम्बाराहीमा बसको ठक्करबाट घाइते युवतीको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले पैदल हिंडिरहेकी धुम्बाराही बस्ने गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। घाइते पन्तको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। 

सहपाठीलाई ठक्कर दिएर बस भागेपछि आक्रोसित पशुपति क्याम्पसका विद्यार्थीले चावहिलमा बा ४ ख ७१०१ नम्बरको बस आगजनी र तोडफोड गरेको डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए। बसमा लागेको आगो दमकलको सहायताले निभाउने प्रयास भएपनि क्षति पुगेको छ।

घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा विद्यार्थीहरुले सडकमा केही समय यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका थिए। चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.