लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने

लक्ष्मी बैंकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं :  लक्ष्मी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी  ९ अर्ब ८१ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । 

आव २०७५/७६मा रु ८०.३२ अर्ब निक्षेप र रु ७७.८४अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १०६ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब ५९ करोडखुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद रिटेल, कर्पोरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैंक अगाडि आएको छ । 

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी 'लक्ष्मी क्यापिटल मार्केट लि' सन् २००९ देखि संचालनमा छ । यसैगरी दोस्रो सहायक कम्पनी 'लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.' ले सन् २०१२ बाट कारोबार सुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ। 

लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक दुई म्यूचुअल फण्ड समेत जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.